प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अधिकांश सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध ल्याइएको महाअभियोगको प्रस्तावमा पार्टीले सोच विचार गरेर निर्णय लिनुपर्ने बताएका छन्।नयाँ बानेश्वरस्थित संसद भवनमा सोमबार बसेको एमाले संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बोक्न नहुने र एमसिसीबारे पार्टीले निर्णय लिनुपर्ने धाराणा राखेका थिए।बैठकमा भीम रावल, घनश्याम भुसाल, गोकुल बाँस्कोटा, महेश बस्नेत, झपट रावल, विमलाविश्वकर्मासहितका सांसदले धारणा राखेका थिए।आज बोल्ने सांसदमध्ये नेता घनश्याम भुसालले प्रधानन्यायाधीश जबरालाई पार्टीले बोकेर जान नहुने कुरा राखेका छन्।