योजना आयोगका उपाध्यक्षको प्रस्ताव- संस्थापक शेयरधनीलाई बोनस नदिऔँ
संस्थापक शेयरधनीलाई नगद र सर्वसाधारणलाई बोनस लाभांश दिन प्रस्ताव
कम्पनी स्थापनाको समय (शुरुवात) मा लगानी गर्ने लगानीकर्ताहरुलाई संस्थापक शेयरधनी मान्ने गरिएको छ । बैंक तथा वित्तीय संस्था स्थापना भई सञ्चालनमा आएको २ वर्ष पछि सर्वसाधराणलाई साधारण शेयर -आईपीओ) जारी गर्नुपर्ने व्यवस्था छ । आईपीओ जारी गरिएको शेयरलाई बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधराण समूहमा राख्ने गरेका छन् । यसरी दुई भागमा रहेका लगानीकर्ताहरु मध्ये संस्थापक समूहमा रहेका शेयरधनीलाई बोनस शेयर नदिने र नगद लाभांशमात्रै दिने विषयमा छलफल भएको राष्ट्र बैंकका एक अधिकारी बताउँछन् ।
‘संस्थापक समूहका शेयरधनीहरु नगद लाभांश पाए खुसी नै हुन्छन्, उता सर्वसाधारण समूह तर्फका शेयरधनीहरुको अपेक्षा भने बोनस शेयर नै हुन्छ’ उपाध्यक्ष पौडेलले भने, ‘सर्वसाधारण र संस्थापक दुबै समूहका शेयरधनीका लागि यो हितकर हुने भएकाले केही नयाँ निर्णय हुन आवश्यक छ ।’
!पव्लिक कम्पनीलाई साच्चिकै पव्लिक बनाउनका लागि यसले धेरै राम्रो काम गर्ने उनको भनाइ छ । सर्वसाधारणले बोनस शेयर पाउने र संस्थापकले नगद लाभांश पाउदै गर्दा विस्तारै सर्वसाधराणको शेयर स्वामित्व बढ्दै जान्छ । ‘अहिले ५ अर्ब चुक्ता पुँजी भएको बैंक २५ अर्ब पुग्दा त्यहाँ बहुमत शेयर सर्वसाधारणको स्वामित्वका पुग्छ, यो धेरै राम्रो उपाय हो’ उनले भने । अहिले नेपालमा भएको सेयर संरचना सुधार गर्नै पर्ने विषय बेला बेलामा उठ्ने गरेको छ । अमेरिकामा समेत यस्तो सेयर संरचना छैन् । यसकारण पनि यो व्यवस्था गरेर सेयर संरचना परिवर्तन गर्नुपर्ने सुझाव उपाध्यक्ष पौडेलको छ ।
के फरछ संस्थापक र सर्वसाधारणमा ?
नेपालका बैंक तथा वित्तीय क्षेत्रका साथै बिमा क्षेत्रमा पनि लगानीकर्ताहरुलाई प्रमोटर (संस्थापक) र अर्को पब्लिक -सर्वसाधारण) समूह भनेर दुई समूहमा विभाजन गरिएको छ ।
नेपालमै पनि बैंक, बीमा बाहेकका क्षेत्रमा यस्तो अभ्यास छैन । अर्थात कहीँ नभएको जात्रा नेपाली वित्तीय क्षेत्रमा छ । अहिले बैंकहरुमा छुट्टाछुट्टै समूहबाट सञ्चालक चुनिने गरेका छन् । जस्तो- मुलुकको जेठो बैंक नेपाल बैंकको ७ सदस्यीय सञ्चालक समितिमा अध्यक्ष सुमनराज अर्यालयसहित तीन जना सञ्चालकहरु संस्थापक समूहबाट नेपाल सरकारको प्रतिनिधित्व गर्दै सञ्चालक चुनिएका छन् भने विष्णुकुमार अग्रवाल सहित तीन जना सर्वसाधारण समूहबाट र एक जना विज्ञ सञ्चालकको रुपमा सञ्चालक समितिमा छन् ।
यसरी लगानीकर्तालाई दुई समूहमा विभाजन गर्दाको असर सेयर बजारसम्म पुगेको छ । सेयर बजारमा दुईवटा नामबाट एउटै बैंकको छुट्टाछुटै कारोबार हुन्छ । नेपाल बैंक सरकारी लगानीको भएका कारण यसको छुट्टाछुट्टै कारोबार हुँदैन । कारोबारमात्रै होइन, सेयर मूल्यमा समेत यि दुई समूहको असर छ ।
एभरेष्ट बैंकको सेयर मूल्य सर्वसाधारण समूहको प्रतिकित्ता ५६८ -२८ फागुनमा) रुपैयाँ छ भने संस्थापक समूहको प्रतिकित्ता १४५ रुपैयाँमा । उनी भन्छन्, ‘लगानीकर्ता भनेपछि लगानीकर्ता नै हुन्छन्, अन्य देशमा यसरी पब्लिक र प्रमोटर छुट्याइएको हुँदैन ।’ पुँजी बजारमा कारोबार पनि एकै नामबाट हुने उनी बताउछन् । तर केन्ऽीय बैंकले संस्थापक र पब्लिक भनेर दुइ भागमा छुट्याएको कारण नेप्सेमा पनि दुइ वटा स्टक नामबाटै कारोबार हुने प्रवक्ता पराजुलीले बताए !onlinekhabar