दोहोरो अङ्कले घट्यो नेप्से, कारोबार रकममा झिनो सुधार
कारोबार रकममा भने बुधबारको तुलनमा बिहीबार झिनो सुधार देखियो । बुधबार ३ अर्ब ४९ करोडमा सीमित भएको कारोबार रकम बिहीबार ३ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।
बिहीबार कारोबार भएका २२७ कम्पनीहरु मध्ये अधिकांश गुमाउँदा केही कम्पनीहरुको सेयर मूल्य भने बढेको छ ।
सबैभन्दा धेरै सेयर मूल्य बढ्नेमा व्यापार समूहमा रहेका कम्पनीहरु देखिएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन, सिन्धु विकास बैंक, एनटीसी, आईसीएफसी लगायतका कम्पनीहरुको सेयर मूल्य बढेको छ!onlinekhabar