५ बर्षे कार्ययोजना सहितको प्रारम्भिक आवधिक योजना बनाउदै बाणगंगा नगरपालिका
ईन्दिरा खनाल
कपिलबस्तु : कपिलबस्तुको बाणगंगा नगरपालिकाले मंगलवार प्रथम आवधिक योजनाको प्रारम्भिक कार्य सुरु भएको छ । नगरपालिकाले एक कार्यक्रमका विच आवधिक योजनाको प्रारम्भिक प्रतिवेदन प्रस्तुत तथा अन्तरक्रिया गरेको हो । नगरपालिकाले ५ बर्षे कार्ययोजना सहितको प्रारम्भिक आवधिक योजना प्रस्तुत गरेकोछ । नगरपालिकाको सभाहलमा गरिएको अन्र्तरक्रिया कार्यक्रममा नगर भित्र गरिने थुप्रौ दिर्घकालिन योजनाहरुको जानकारी तथा सुझाव संकलन गरिएको थियो ।
स्थानीय तहको विधि र प्रकियालाई संस्थागत गर्न बाणगंगाले आवधिक योजनाको तयारी थालेको नगरपालिकाका उप प्रमुख चक्रपाणि अर्यालले बताउनुभयो । उहाँले स्थानीय राजनीतिक नेतृत्वको जनतासमक्ष गरेका प्रतिबद्धता तथा घोषणाहरू कार्यान्वयन गर्ने पहिलो औजार नै आवधिक योजना रहेको बताउनुभयो ।
त्यस्तै बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेब खनालले नगरपालिकाले आफ्नो दीर्घकालीन तथा मध्यकालीन योजना तर्जुमा गरी कार्यान्वयनमा लैजानु तत्कालीन आवश्यकता भएको बताउनुभयो ।
जस अनुसार मंगलवार बाणगंगाका सरोकारवाला संग अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा योदन मिडिया, काठमाण्डौका प्रतिनिधी सविना परियारले योजनाको परार्मश गर्नुभएको थियो ।
अन्तरक्रियामा राजनितीक दलका प्रतिनिधी, वडा अध्यक्षहरु, नागरिक समाज, पत्रकारहरुले आ–आफ्ना सुझाव सहितका भनाई राखेका थिए । प्रारम्भिक प्रतिवेदन प्रस्तुत तथा अन्तरक्रिया कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रले साझेदारीको भुमिका खेलेको थियो ।