क्रान्तिकारी पत्रकार महासंघ बाकेमा नयाँ नेतृत्व

0

कोहलपुर : क्रान्तिकारी पत्रकार महासंघ बाके जिल्लाको दोस्रो भेला कोहलपुरस्थित मदनचोकमा आइतबार सम्पन्न भएको छ । जनपक्षीय पत्रकारहरुको साझा सङ्गठन महासङघले संगठन बिस्तार तथा सुदृढ अभियान अन्तरगत भेला भएको हो । भेलाले सलमन केसी को अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष प्रज्वल नेपाली सचिव रितु बिस्ट; सहसचिव लक्ष्मी बुढा र कोषाध्यक्षमा भावना बुढा निर्वाचित हुनुभएको छ । त्यस्तै समितिको ७ सदस्यीय सचिवालयमा ५ जना पदाधिकारी सहित सरिता थारु र सुरज रेगामी रहेको जिल्ला सचिवालय समेत गठन गरेको छ । महासङघको जिल्ला सदस्यहरुमा टपेन्द्र न्यौपाने; बिजय गुरुङ ; बुद्धि राम पोखरेल ; परिमल बिक; जीवन मेदासी मगर; दिपेश राना; सिर्जना पान्डे; बिनिसा पाठक; बिनिता थापा; नरेन्द्र जैसी ; बिनोद पुन ; सुमन राउत पवन सिह ठकुरी रहनुभएको छ । कार्यक्रममा क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय महासचिव रवि पान्डेयले पत्रकारहरु प्रचारकर्ता संगठनकर्ता र आन्दोलनकर्ता रहेको बताउदै पत्रकारहरुले राज्य ब्यवस्था परिवर्तनको पक्ष लेख्नुपर्नेमा जोड दिनुभयो । उहाले जनपक्षीय पत्रकारको अब्बल संगठन क्रान्तिकारी महासङ्घ रहेको दाबी गर्दै श्रमजिबीहरुको सच्चा पहरेदारको रुपमा अगाडि बढेको बताउनु भयो । ” पत्रकारहरु वाचडग हुनुपर्छ”- महासचिव पान्डेयले भन्नुभयो – “संसदीय ब्यवस्थाका ल्यापडग भएका छन । ती सबै बिसङगति बिरुद्ध कलम तिखार्नुपर्छ । ” उहाँले क्रान्तिकारी पत्रकार महासङ्घ कलमजिबीहरुको लालसेना रहेको उल्लेख गर्नुभयो । उहाँले आम पत्रकार हुनु र क्रान्तिकारी जनपक्षीय पत्रकार हुनुमा फरक रहेको बताउदै क्रान्तिकारी पत्रकार हुनुमा गर्व गर्नुपर्ने बताउनु भयो । ” कतिपयले आफुलाई क्रान्तिकारी पत्रकार हौ भन्ने भ्रम दिइराखेका छन “- उहाँले भन्नुभयो- ” हिजो आज ती भ्रमहरु अलि साफ हुँदै पनि गएका छन । अझै भ्रम तोडिन्छ । तोड्नुपर्छ “। कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) पोलिट्ब्युरो सदस्य एवं प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेले रास्ट्रियता जनतन्त्र र जन जिबिकाको पक्षमा कलम चलाउनु पर्नेमा जोड दिनुभयो । उहाँले दलाल ब्यवस्था र त्यसका मतियारहरुको विरुद्ध कलमको अस्त्र चलाउन आग्रह गर्नुभयो । क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य तथा बाके बर्दिया इन्चार्ज तेज बिक्रम शाही क्रान्तिकारी पत्रकारको अभिभावकको रुपमा क्रान्तिकारी माओवादी रहेको बताउनुभयो । भेलामा दे.ज.मो.मा केन्द्रीय सदस्य लक्ष्मी चौलागाईंले लगायत शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो । सलमन केसिको अध्यक्षता कबिराज यात्रीको संचालन रहेको कार्यक्रममा किसान महासङ्घका प्रदेश अध्यक्ष प्रेम थापालगायतको आतिथ्यता थियो

You might also like