नेपाल ब्यवसायिक बाख्रापालक महासंघ पश्चिम नवलपरासी प्रथम अधिबेशन सम्पन्न

0

नवलपरासी : नेपाल ब्यवसायिक बाख्रापालक महासंघ पश्चिम नवलपरासीको बिहीवार सम्पन्न प्रथम अधिबेशनले १९ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ । समितिको अध्यक्षमा पुन: घनश्याम आले, उपाध्यक्षमा मोहनीलाल पाण्डे, सचिवमा नरबहादुर खड्का सहसचिवमा सुजन खनाल र कोषाध्यक्षमा अमेरिका कुमारी थरुनी निर्वाचित हुनुभएको छ ।


त्यस्तै सदस्यहरुमा दान प्रसाद चापाागाई, बिमला सिंजाली, हरि प्रसाद दुवाडी, तिलक बहादुर क्षेत्री,केश कुमारी मल्ल , मार्कण्डे चौधरी , रामप्रसाद पोखरेल,प्रेमकुमारी चौधरी, अर्जुन प्रसाद थारु,हिरा कुमारी चौधरीलगायत रहनुभएको छ ।
कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष एंव प्रमुख अतिथि प्रेम सागर पौडेलले राज्यले बाख्रापालकहरुलाई उपेक्षा गरेको चर्चा गर्दै सरकारले बाख्रा खसी बोकाको सर्मथन मुल्य नतोकेर कृषकहरुलाई अपहेलना गरेको बताउनुभयो । उहाँले संघीय प्रदेश र स्थानीयतहका भएको बजेट र बिभिन्न दातृनिकायबाट प्राप्त अनुदानमा भष्ट्रचार मौलाएको बताउदै अब बाख्रापालक किसानले भष्ट्रचारीलाई त्यस्तै नछाड्ने चेतावनी दिनुभयो ।


कार्यक्रममा प्रतापुर २ का वडाध्यक्ष ईश्वरी चौधरी, खेमनारायण चौधरी, पत्रकार रवि पाण्डेय, महासंघका पालिका अध्यक्षहरु युवराज ढकाल (सुनवल) पशुपति न्यौपाने(बर्दघाट)तिलक बहादुर क्षेत्री (सुस्ता)मोहनीलाल पाण्डे (प्रतापपुर) जंगबहादुर चौधरी (सरावल)लागयतले शुभकामना दिनुभयो । अधिबेशनले पाँच जनालाई प्रदेश प्रतिनिधिका चयन गरेको छ । कार्यक्रम घनश्याम आलेको अध्यक्षता नरबहादुर खड्काको संचालनमा भएको थियो ।

You might also like