नेपाल ब्यवसायिक बाख्रापालक महासंघले अधिबेशन तीब्र बनाउदैं
नवलपरासी : नेपाल ब्यवसायिक बाख्रापालक महासंघले जिल्ला नगर तथा गाउपालिका स्तरीय भेला अधिबेशन तीब्र पारेको छ ।
बाख्रापालक कृषकहरुमा ब्यवसायिकता बृद्धि एंव उनीरुको वस्तुको बजारीकरण एंव कृषक अधिकारको रक्षाका लागि संर्घष गर्दै आएको महासंघले देशैभर भेला तथा अधिबेशन तीब्र बनाएको हो ।
महासंघ एक गैरनाफामुलक संस्था रहेको र यसले अन्तराष्ट्रिय पशुपंन्छी अनुसन्धान परियोजना (आई. एल. आर. आई.) र नेपाल लाईभस्टक सेक्टर इनोभेशन प्रोजेक्टसंग सहकार्य गर्दै आएको छ ।
महासंघको हाल १७ वटामा संगठन विस्तार कार्य गरिएको केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेलले बताउनुभयो ।
महासंघले दर्ता भएका ब्यवसायिक बाख्रापालक किसान , समुहमार्फत साना किसानहरु र सहकारी सदस्य गरी तीन प्रकृतिको सदस्यता प्रदान गर्दै आएको छ ।
त्यस्तै पौष १० र ११ गते लुम्बिनी प्रदेशको अधिबेशन भालुबाङमा गर्न तयारी स्वरुप प्रदेशका ६ वटा जिल्ला सहित पालिकास्तरीय अधिबेशन तीब्र बनाईएको पौडेलले जानकारी दिनुभयो ।
पश्चिम नवलपरासीको जिल्ला अधिबेशन यही पौष १ गते गर्ने भएकाले जिल्लाका पालिकाहरुमा भेला अधिबेशन तीब्र बनाइएको जिल्ला सचिव नर बहादुर खड्काले बताउनुभयो । महासंघ २०७२ सालमा स्थापित संस्था हो ।