बर्दघाट नगरपालिकामा पालिकास्तरिय आप्रवासी हकहित मञ्च पुर्नगठन

0

रामु भुसाल,
बर्दघाट :  बर्दघाट नगरपालिकामा पालिका स्तरिय आप्रवासी हकहित मञ्च पुर्नगठन भएको छ । मञ्चका नगर अध्यक्ष अनिल गुरुङ्गको अध्यक्षता, मञ्चका जिल्ला अध्यक्ष बल बहादुर थापाको प्रमुख आतिथ्या एवम् हेल्भटासका लुम्बिनी प्रदेशकार्यक्रम अधिकृत जिआउल हक मनीहारको बिशेष आतिथ्यमा मंलगबार बर्दघाटमा सम्पन्न आप्रवासी परिवारको भेलाले बर्दघाट नगरपालिक स्तरिय आप्रवासी हकहित मञ्च पुर्नगठन गरेको हो । भेलाले पुन अनिल गुरुङ्गको अध्यक्षतामा ११ सदस्य मञ्चको पुन गठन गरेको छ जस्को उपाध्यक्षमा बल बहादुर थापा मगर, सचिब सुदर्शन रिजाल, कोषाध्यक्ष कमला ढकाल, सहसचिब तारा प्रसाद ढकाल (बि.पि.), सदस्यहरुमा बिनोद चौधरी, यादव अर्याल, दुर्गा भुसाल, राजन अधिकारी, शान्ती सापकोटा, ज्ञानेन्द्र प्रसाद चौधरी सर्वसहमत चयन हुनु भएको छ । सो अवसरमा कार्यक्रमका बिशेष अतिथि सामि परियोजनाका कार्यक्रम संयोजक ज्ञानेश्वर भण्डारी र परियोजनाका मनोसमाजिक सुपरभाइजर विनय मर्हजन लगायतले मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन मञ्चका जिल्ला सचिब रामु भुसालले गर्नु भएको थियो । सो अवसरमा बैदेशिक रोजगार बाट प्रभाबित परिवारका बाल–बालिकाहरुलाई सहयोग गर्ने उद्देश्यले एक रुपैया अभियान समेत सञ्चालन गरिएको र सो अभियानबाट तीन हजार संकलन भएको थियो । मञ्चले अन्तराष्ट्रय आप्रवासी कामदार दिवशको अवसरमा जिल्लामा बिबिध कार्यक्रम गरी सप्ताहा ब्यापी रुपमा मनाइने बताएको छ ।

You might also like