लैङ्गिक हिंसा तथा बालविवाह विरुद्ध अन्तरक्रिया कार्यक्रम

0

नवलपरासी : सरावल गाउँपालिकाको आयोजनामा लैङ्गिक हिंसा तथा बालविवाह विरुद्ध अन्तरक्रिया कार्यक्रम विहिबार सरावल ३ पिपरामा सम्पन्न भएको छ । सरावल वार्ड नम्बर ३ का वडाध्यक्ष अणेन्द्र नाथ रायको अध्यक्षता तथा सराल गाउपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो । कार्यक्रममा सरावल गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलको विशिष्ट आतिथ्यतामा थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले महिला हिंसा अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताउँदै लैङ्गिक हिंसा अन्त्यका लागि स्थानिय सरकारले पनि नयाँ कार्यक्रम ल्याउनु ल्याउने योजनामा रहेको बताउनुभयो । साथै दैनिक रूपमा महिलामाथि हिंसा भइरहेकोले यसको अन्त्यका लागि सबै एक भएर लाग्नु पर्ने कुरामाथि जोड समेत दिनुभयो । सो अवसरमा विशिष्ट अतिथि पौडेल, बाल मुकुन्द चौधरी, मेलमिलाप कर्ता सुशिल हरिजन, एबिसि नेपालकी फिल्ड सुपरभाइजर साइदा निशा पठान, विपत ब्यवस्थापन फोकल पर्सन मोहम्मद रज्जाक, सरावल २ सवांद किशोर किशोरी सञ्जालकी अध्यक्ष दिब्या कुमारी चौधरी लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य सञ्जालकी दुर्गा विकले राख्नुभएको थियो ।

You might also like