भारतबाट अबैध रुपमा ल्याइएका चल्ला सरोकारवालाको रोहवरमा नष्ट
नवलपरासी १६ मंसिर – भारतबाट अबैध रुपमा ल्याइएका कुखुराका चल्ला सरोकारवालाको रोहवरमा नष्ट गरिएको छ ।
ईलाका प्रहरी कार्यालय बर्दघाटले बरामद गरेको १ हजार ५ सय वटा चल्लाको पशु क्वारेन्टाइन चेक पोष्ट महेशपुर र बर्दघाट नगरपालिकाका पशु पन्छी विकास शाखाको रोहवरमा नष्ट गरिएको छ ।
बुधवार बरामद गरिएका चल्ला ढुवानी गर्न प्रयोग भएकोे बलेरोे जिपलाई जरिवाना गरेर छाड्ने बताइएको छ । बर्दघाट नगरपालिकाका पशु पन्छी विकास शाखाका प्रमुख एंव अधिकृत भरत लम्सालका अनुसार चल्लाको बजार मुल्य करिब ३ लाख रुपैया छ । चल्लालाई नगरपालिकाको एक्साभेटर प्रयोग गरेर खाल्डोमा पुरिएको थियो ।