नवलपरासीमा अपाङ्गता समावेशीकरण तथा पुनरस्थापना तालिम
उमेश बि.क / नवलपरासी , ५ असाेज
पश्चिम नवलपरासीको भुमहिमा २ दिने अपाङ्गता समावेशीकरण तथा पुनरस्थापना तालिम सुरु भएको छ ।
युनाइटेड मिसन टु नेपाल नवलपरासी कलष्टरकाे अायाेजनामा २ दिने अपाङ्गता समावेशीकरण तथा पुनरस्थापना तालिम सुरु भएको हाे ।
युनाइटेड मिसन टु नेपालकाे साझेदार संस्था सुनवल सामुदायिक बिकास केन्द्र र इन्द्रेणी सामाजिक बिकास मन्च मार्फत समुदाय विकासकाे कार्य गर्दा कसरी अपांगता समावेशीकरण गर्न सकिन्छ ? र समुदायका अपांगता समावेशीकरणका बाधाहरु (नितिगत ,भाैतिक र धारणगत) ब्यवस्थापन तथा कसरी हटाउन सकिन्छ ..? र काममा अपांगता समाबेशिकरणकाे कामलाई कसरी समावेशीकरण गर्न सकिन्छ भनी युनाइटेड मिसन टु नेपाल थापाथलीका अपांगता समावेशीकरण विज्ञ वीर नेपालि र फिजियाे थेरापिस्ट प्रेम देवकोटाबाट सहजिकरण प्रदान गरिने युनाइटेड मिसन टु नेपालको स्वास्थ्य परियोजना ब्यवस्थापक इश्वर के.सिले जानकारी दिनुभएको हाे।
तालिम पश्चात् सम्पुर्ण कर्मचारीले अाफ्नाे कार्यक्षेत्रका मुद्दालाई संस्थागत रुपमा र समुदाय स्तरमा अझ सशक्त रुपमा अगाडि बढाउने अपेक्षा गरिएको के.सिले बताउनु भएको हाे।।
तालिममा युनाइटेड मिसन टु नेपालकाे साझेदार संस्था सुनवल सामुदायिक बिकास केन्द्र र इन्द्रेणी सामाजिक बिकास मन्चका कर्मचारीहरुकाे सहभागीता रहेको बताइएको छ।