स्वास्थ्य ब्यवस्थापन सुचना प्रणाली तालिम सम्पन्न

0

बर्दघाट : स्वास्थ्य ब्यवस्थापन सुचना प्रणाली ३ दिने तालिम शुक्रबार समापन भएको छ । बर्दघाट नगरपालिकाको आयोजनमा भएको तालिममा स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली ; हे.अ .शरद जिसि ” जनस्वास्थ निरीक्षक गोपाल पान्डेय ; जनस्वास्थ्य अधिकृत हुम प्रसाद पान्डेय लगायतले सहजीकरण गर्नु भएको थियो । समापन कार्यक्रममा स्वास्थकर्मीहरलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिका प्रमुख धीरज शर्मा बस्यालले स्वास्थ्य सुचना एवं तथ्यांकलाई ब्यवस्थित गर्न आग्रह गर्नुभयो । तालिममा बर्दघाट र सुनवल नगरका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

You might also like