निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा चहलपहल (फोटोफिचर)

0

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञाको मोडालिटी परिवर्तन भएको हो। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा असार १४ गते मध्यरातसम्म थप गरेको हो।

निषेधाज्ञाको नयाँ मोडालिटी अनुसार प्रशासनले बारको आधारमा व्यवसाय सञ्चालन गर्न दिएको छ। असार ८ गतेदेखि आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामानका पसल खुल्नेछन्।

त्यसैगरी सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ। बारको आधारमा बिहान ११ बजेदेखि ४ बजेसम्म पसल खोल्न पाइने छ। तरकारी, खाद्यान्न र फलफूलका पसल बिहान ११ बजेसम्म खुल्नेछन्।

गत वैशाख १६ गतेदेखि उपत्यकाभित्र निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा चहलपहल बढेको छ…….Annapurna post

You might also like