सुस्ता गाँउपालिका द्वारा १५ बेडको आइसोलेशन तयार

0

पश्चिम नवलपरासी  : सुस्ता गाउँपालिकाले १५ बेडको आइसोलेशन सेन्टर तयार गरेको छ । सुस्ता गाउपालिका पश्चिम नवलपरासीको सिमावर्ती गाउँपालिका मध्ये एक हो । पालिकाले सुस्ता ५ पक्लीहवा स्वास्थ्य चौकीको नयाँ भवनमा अक्सिजन सुबिधा सहितको आइसोलेशन बनाएको छ । ‘ नयाँ भेरियन्ट सहितको कोरोना जोखिमलाई ध्यान दिदै १५ बेडको आईसोलेशन बनाएका छौ’ – सुस्ता गाँउपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले भने – ‘पालिकाको स्रोत साधन र क्षमता अनुसार पालिकावासीको स्वास्थ्य प्रति हामी सजग छौ ।’
आइसोलेशनमा मेडिकल टिम सहित आवश्यक स्वास्थ्य सामाग्रीको ब्यवस्था गरिएको प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रसाद बस्याल बताउछन् ।
आईसोलेशनको पालिका अध्यक्ष पाण्डेय सहितको जनप्रतिनिधि र सरोकारवालाले बुधवार अनुगमन समेत गरेको बस्यालले जानकारी दिए । सामान्य अवस्थामा रहेका संक्रमितलाई होम आइसोलेशन र गम्भिर अवस्थाका लाई आइसोलेशन सेन्टरमाख राख्ने योजना बमोजिम नयाँ आइसोलेशन बनाइएको सुस्ता गाउपालिकाले जनाएको छ ।

 

You might also like