बाख्रापालन कृषक पाठशाला दिवस कार्यक्रम सम्पन्न

0
बर्दघाट : बर्दघाट नगरपालिका पशु पन्छी विकास शाखाको आयोजानामा बाख्रापालन कृषक पाठशाला दिवस बर्दघाट १६ सिद्धनगरमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख धिरज शर्मा बस्यालले नगरले कृषि तथा पशुपालनको बिकासको लागि लगानी वृद्धि गर्दै अगाडी बढेको बताउनु भयो । उहाँले बर्दघाट नगरपालिका किसानहरूको साथमा रहेको उल्लेख्य गर्दै नगरपालिकाले बाख्रा पकेट कार्यक्रम संचालन गर्न शुरु गरेको बताउनु भयो । नगर प्रमुख बस्यालले नगर दूध र अन्डामा आत्म निर्भर भएको उल्लेख गर्दै अब मासुमा आत्मनिर्भर बनाउने अभियान शुरु भै सकेको बताउनुभयो । कार्यक्रममा पशुपन्छी बिकास शाखा प्रमुख भरत लम्सालले समूह प्रवर्द्धन देखि विभिन्न कार्यक्रमहरु शाखाले संचालन गर्दै आएको बताउनु भयो । कार्यक्रममा एन. एल. एस. पि.का पसु सेवा सामाजिक परिचालक प्रेम वलिले आयोजनाबाट ५ वटा पाठ्शाला संचालन भएको जानकारि दिनु भयो । कार्यक्रममा समुहमा आवद्द कृषक अगुवाहरु फुल माया रसाइली ; उमा जिशी ; सितादेवि बिक , सावित्री दवाडी; बिमला सिन्जाली लगायत बोल्नु भएको थियो । समुहलाइ नगरबाट २ वटा बोयर बोका उपलब्ध गराइएको सो अवसरमा जानकारी गराइएको थियो । कार्यक्रम इन्द्रा केसिको अध्यक्षता पशु सेवा प्राविधिक अभिषेक लामिछानेको संचालनमा भएको थियो ।
You might also like