घुससहित मकवानपुरका सव-इन्जिनियर पक्राउ
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार घुससहित सव-इन्जिनियरलाई पक्राउ गरेको छ। पर्यटन विकास आयोजना बागमती प्रदेश हेटौडा मकवानपुरका सव इन्जिनियर नेत्र प्रसाद लामिछानेलाई घुसरकमसहित पक्राउ गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।
सेवाग्राहीसँग निर्माण कार्य सम्पन्नपछि धरौटी रकम भुक्तानी दिने प्रयोजनका लागि रकम माग गरेको सूचनाका आधारमा उनकै कार्यालय परिसरबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार घटनासम्बन्धी अनुसन्धान भइरहेको छ।
Annapurna post