रामखण्डा पुलको उद्घाटन
नवलपरासी २४ माघ : रामग्राम नगरपालिका वडा १० मा नवनिर्मित रामखण्डा पुलको एक औपचारिक कार्यक्रम बीच उद्घाटन गरिएको छ ।
वडा नम्बर १० को लक्ष्मीपुर र वडा नम्बर ४ जीतपुर गाउँ जोड्ने रामखण्डा पक्कीपुलको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले शनिवार उद्घाटन गर्नुभयो ।
रामग्राम नगरपालिकाको आयोजना तथा नगरपालिका वडा नम्बर १० का अध्यक्ष धर्म प्रसाद गुप्ताको अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि एवं नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले उक्त पुलको उद्घाटन गरि पुलको निरीक्षण गर्नुभएको हो । कार्यक्रममा नगर प्रमुख गुप्ताले यस नवनिर्मित पुलको प्रयोले स्थानीयहरु प्रत्यक्ष फाइदा लिने बिश्वास व्यक्त गर्नुभयो ।
उक्त पालुस्थान निर्माण सेवा सरावलले १ करोड २१ लाख ६८ हजारमा निर्माण गर्ने ठेक्का लिएको थियो । जसमा स्थानिय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको ७० प्रतिशत र रामग्राम नगरपालिकाको ३० प्रतिशत लगानी रहेको नगरपालिकाका इन्जिनियर सतिश गुप्ताले जानकारी दिनुभयो ।
१८ मिटर लम्बाई र ८ मिटर चौडाइमा रहेको उक्त रामखण्डा पक्की पुलको निर्माण संगै पुलको पुर्बपश्चिम २०० मिटर बाटो पनि बनाइ ग्रावेल गरिएको छ ।
पुलको उत्तर दक्षिण साइड्मा तटबन्ध पनि निर्माण गरिएको नगरपालिकाले जनाएको छ । अझै नगरपालिकाले उक्त क्षेत्रको बाटो विस्तारका लागि २० लाख रुपैया लगानी गरिरहेको जनाएको छ । त्यस्तै नगरपालिकाले काशीपुर र पोखरापालीमा पनि निर्माण गर्न लागेको ती दुईवटा पुलको पनि सिलन्यासको तयारी रहेको जनाएको छ । पुल निर्माण भएपछि स्थानीयहरु खुशी भएका छन् ।
कार्यक्रमका अध्यक्ष धर्म प्रसाद गुप्ता, कार्यक्रम बिशिष्ट अतिथि एव नगर उपप्रमुख रम्भा कुवंर, अतिथि नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रुद्र प्रसाद रेग्मी, वडा ४ का वडाध्यक्ष मदन यादब, वडा ९ अध्यक्ष सुनिल पाठक, नेपाल पत्रकार महासंघका उपाध्यक्ष नारायण सुवेदी, मोहन पौडेल ,उद्योग बाणिज्य संघका महासचिव गिरिराज पाण्डे, नागरिक समाजका पुर्ब अध्यक्ष शम्भु प्रसाद उपाध्याय लगायतले शुभकामना मन्तव्य राख्नुभयो । कार्यक्रम संचालन नगरपालिका लेखापाल संजय शर्माले गर्नुभएको थियो ।