प्रहरीको दमन र शिवसेनाको षड्यन्त्र चिर्दै बर्दियामा भब्य बिरोध सभा

0

आयुष न्यौपाने
बर्दिया – नेकपा क्रान्तिकारी माओवादीले बर्दियाको सदरमुकाम गुलरियामा संसदीय ब्यवस्था तथा केपी सरकारद्वारा गरिएको राष्ट्रघात,जनघात,प्रतिगामी कदमका बिरुद्ध बिरोध कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रम हुनु भन्दा पहिले संसदीय ब्यवस्था असफल भएको भन्दै नाराजुुलुस सहितको र्यालीले गुलरिया बजार परिक्रमा गरेको थियो । उक्त र्याली गर्दा प्रहरी हस्तक्षेप अर्थात् दमन भएको थियो ।


बिरोध सभालाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका पिविएम तथा लुम्बिनी प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेले संसदीय ब्यवस्थाको अन्त्य र संघीय जनगणतन्त्र स्थापनाका लागि पार्टीले संर्घषको घोषणा गरेको बताउनुभयो ।केपी ओलीको स्वरुप नयाँ हिटलरको रुपमा उदाएको यसो हुँदा यो फासीवादकै दिशातिर गइरहेको जिकिर गर्दै अब सम्पूर्ण देशभक्त तथा क्रान्तिकारीहरु एकताबद्ध भई सामाजिक सत्ता ,व्यवस्थाको विकल्प खोज्नु पर्ने कुरा अौल्याउनु भयो । साथै यो कुरा संघर्ष भन्दा बाहिरबाट सम्भव नभएकोले अब सशक्त संघर्षको दिशामा आउनको लागि सबैलाई अपिल समेत गर्नु भयो ।
उहाँले संसदीय ब्यवस्था जनताको अधिकारको विरुद्ध रहेको उल्लेख गर्दै अब शासन सत्ता नभई राज्य सत्ता परिर्वतनको दिशामा अगाडि बढनुको बिकल्प नभएको ठोकुवा गर्नुभयो।
कार्यक्रममा दलित मुक्ति मोर्चाको जिल्ला संयोजक दिपक बिकले दलितहरूको हकहित र अधिकारको लागि आवाज उठाउनु भयो । साथै यो सत्ता र व्यवस्थाले दलितहरुको मुक्तिलाई सुनिश्चित नगर्ने हुदाँ अब क्रान्तिकारी माओवादी पार्टीमा आबद्ध हुन सबैलाई अपिल गर्नुभयो ।
सो कार्यक्रमको सभापतित्व क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी विपिनले गर्नु भएको थियो । त्यसैगरी देजमोका अध्यक्ष विक्रम भण्डारीको संचालनमा गुलरिया नगरपालिका इन्चार्ज बिशालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

You might also like