लघु उद्यम विकास अभिमुखीकरण सम्पन्न

0

बर्दघाट १० पुष – गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत पश्चिम नवलपरासीका स्थानीय तहमा रहेका उद्यम विकास सहजकर्ताहरुको लागि अभिमुखीकरण कार्यक्रम बर्दघाट–२ मा सम्पन्न भएको छ । शुक्रवार सम्पन्न कार्यक्रममा सातै वटा स्थानीय तहका लघु उद्यम सहजकर्ता र फोकल पर्सनहरुको सहभागिता रहेको कार्यक्रममा उद्योग मन्त्रालय अन्तरगत लघु उद्यम विकास कार्यक्रमका अधिकृत दीपक सुवेदीले कार्यक्रममा संचालन कार्यविधिका बारे सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा दिइएको जानकारी अनुसार जिल्लामा १ करोड ७३ लाख यस कार्यक्रमको बजेट रहेको छ । उक्त बजेटबाट सातै पालिकामा कार्यक्रम संचालन गरी लघु उद्यम प्रर्वद्धन गर्ने योजना रहेको सुवेदीले बताउनुभयो ।

You might also like