बर्दघाट खानेपानीद्वारा उपभोक्ता सन्तुष्टिको सर्वेक्षण शुरु
बर्दघाट १० पुष – बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उपभोक्ताको सन्तुष्टि पहिचान सर्बेक्षण गर्ने भएको छ ।
संस्थाको खानेपानी सुरक्षा योजना टोलीको शुक्रवार भएको बैठकले उक्त सर्वेक्षण कार्य शुरु गर्ने निर्णय गरेको हो ।
निर्णय पछि सर्वेक्षण शुरु भएको टोली संयोजक तथा संस्थाका उपाध्यक्ष दीपक लम्सालले बताउनुभयो । पाँच वटा भुगोलमा कार्यक्षेत्रलाई बिभाजन गरेर कार्यक्रम शुरु गरिएको ब्यवस्थापक बिष्णु कुमार भुसालले बताउनुभयो ।
सर्वेक्षण फारममा २२ वटा प्रश्नावली समाबेश छन् सम्पुर्ण उपभोक्ताको २० प्रतिशत उपभोक्तालाई सर्वेक्षणमा सहभागी गराइने सस्थाका सचिव धनबहादुर गुरुंगले बताउनुभयो । त्यस्तै बैठकले नवकालिका टोलमा पुष २५ गते कार्यक्रम गर्ने निर्णय लिएको छ । संस्थाले कोभिडलाई ध्यान दिदै सरसफाई सम्बन्धि कार्यक्रम गर्दै आएको छ ।