जेसीजको राष्ट्रिय अध्यक्षमा अरुणेश्वर खनाल निर्वाचित

0

पुस ४ ,बुटवल- नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा अरुणेश्वर खनाल निर्वाचित भएका छन्। रुपन्देहीको तिलाेत्तमामा भएको जेसीजको ४७ औं राष्ट्रिय महाधिवेसनले चितवनको विसहजार जेसीजका खनाललाई वर्ष २०२१ को लागि राष्ट्रिय अध्यक्षमा निर्वाचित गरेको हो ।

उनले १ हजार ९० मत प्राप्त गरेका थिए।  खनालका प्रतिस्प्रधी दाङको त्रिभुवननगर जेसीजका लालमणी भण्डारीले ५ सय १२ मत प्राप्त गरे।

त्यसै गरी राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा सुमनकृष्ण श्रेष्ठ, अरुणकुमार दाहाल, भोजराज चापागाई र शिवकुमार भुसाल निर्वाचित भएका छन् ।
राष्ट्रिय उपाध्यक्षमा रजनी थापा, कल्पना पाण्डे कुसुम, सुनिल तिमिल्सीना, विमल ज्ञवाली, विमला सुवेदी, प्रमिला काफ्ले, सुजन बरुवाल, राजन गौतम, पायल शर्मा, दिपेन्द्र निरौला, अनोज जोशी र गौतम शाह निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष अरुणेश्वर खनालले जेसीजको महासचिवमा विकास मानन्धर, कोषाध्यक्षमा पविन्द्र शर्मा, कानुनी सल्लाहकारमा गोकुल सापकोटालाई मनोनयन गरेका छन्।  भलवारी जेसीजको आतिथ्यतामा गत बुधबारदेखी रुपन्देहीमा राष्ट्रिय महाधिवेसन सुरु भएको थियो।

लुम्बिनि टाईम्स

You might also like