बिजुलीको पोलमा बोलेरो ठोक्किदा करेन्ट लागेर दुईजनाको मृत्यु, ११ घाइतेको उपचार हुँदै
२६मङि्सर ,चितवन : सवारी दुर्घटनामा परी चितवनमा दुईजनाको मृत्यु भएको छ । ईच्छाकामना गाउँपालिका ६ जलबिरेस्थित भित्री सडकखण्डमा चण्डिभञ्जाङबाट राजमार्ग तर्फ आइरहेको ना ४ च ५०५० नं को बोलेरो आफै अनियन्त्रित भए दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो।
बोलेरो सडक छेउमा रहेको फलामको बिजुलीको पोलमा ठोकिन जाँदा करेन्ट सर्ट भइ जीपमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता सुर्य थापाले जानकारी दिए ।
पहाडी क्षेत्रबाट राजमार्ग आउने क्रममा जीप दुर्घटना भएको हो । प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन । बोलेरोमा करिब १५ देखि २० जनासम्म रहेको बताइएको छ।
घाइतेमध्ये १३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । तीनजनाको अवस्था गम्भीर रहेको चितवन मेडिकल कलेजका अप्रेसन म्यानेजर पारस अधिकारीले बताए । घटनाको बाँकी विवरण आउन बाँकी छ।
अन्नपुर्ण पोष्ट