धान उत्पादन घट्यो

0
बर्दघाट  –जिल्लामा यसबर्ष धान उत्पादनमा ३० प्रतिशतले घटेको छ । यसबर्ष सबै पालिकाबाट आएको तथ्याँक हेर्दा जिल्लामा ३० प्रतिशत धान उत्पादन घटेको अनुमान छ – कृषिज्ञान केन्द्र प्रमुख देबेश कुमार मिश्र भन्नुभयो – किसानहरुले आफ्नो उत्पादन आधा आधी घटेको भन्ने गुनासो पनि गरेका छन् । सरावल र पाल्हीनन्दनमा डुबानबाट धेरै क्षति भएको छ । सुस्तामा कटानले क्षति बनायो । रामग्राममा पनि घटेको छ । बर्दघाट र सुनवलको उत्पादनमा पनि समस्या भयो – उहाँले भन्नुभयो । अधिक बर्षा, डुबान तथा कटान। मल तथा बीउ र रोगका कारण उत्पादन घटेको उहाँको भनाई छ । अझ पालिकाहरुबाट के कति क्षति भएको हो त्यो यकिन तथ्याक भने आउने क्रममै रहेको उहाँले बताउनुभयो । आर्थिक बर्ष २०७६÷ ०७७ मा पश्चिम नवलपरासीमा ९० हजार ३ सय ५४ मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा धानखेती गर्ने जमिन को २१ हजार १७५ हेक्टर रहेको उहाँले बताउनुभयो ।
You might also like