‘संर्घषका एजेण्डा’ तय गर्दै क्रान्तिकारी पत्रकार महासंघको पदाधिकारी बैठक

प्रदेश हुदै जिल्लातहको बैठकबाट योजना बनाउने तयारी

0

काठमाण्डौ १७ कार्तिक – क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय समितिको पदाधिकारी बैठक सोमवारबाट शुरु भएको छ ।
पदाधिकारी बैठकमा नेपाल पत्रकार महासंघको आसन्न चुनावमा संगठनले खेल्नुपर्ने भुमिका त्यसका लागि देशैभरका क्रान्तिकारी पत्रकार महासंघको अवस्था सम्बन्धमा छलफल गरिएको छ ।
बैठकमा प्रारम्भिक छलफल भयो, अब प्रदेश संयोजक र सल्लाहकार सहित पुनः बैठक बस्ने योजना छ – महासंघका अध्यक्ष इन्द्र रावतले भन्नुभयो – त्यस पछि प्रदेश हुदै जिल्लातहको बैठकबाट योजना बनाउने तयारीमा छौ । जिल्ला जिल्लाका बैठक पछि एउटा रिर्पाेट पनि आउछ । पदाधिकारी बीच संगठनका बिभिन्न योजना सहित संर्घषका खाका समेत कोर्दै अगाडि बढने एजेण्डा समेत तय भएको छ ।
सोमबार बिहान भएको जुम बैठकमा महासचिव रामकुमार श्रेष्ठ, सचिव रनसुर महतरा कोषाध्यक्ष रवि पाण्डेय र सल्लाहकार नारायण पंगेनीले धारणा राख्नुभएको थियो ।
त्यस्तै महासंघका फ्याक्र्सन ईन्चार्ज , महासंघका सल्लाहकार र प्रदेश संयोजक सहितको बैठक गरेर प्रदेश प्रदेशका बैठक र योजना गर्ने एजेण्डा बनाइएको महासचिव रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । संगठनको बैठकमा एक किसिमको स्प्रिरिड पैदा भएको छ –श्रेष्ठले भन्नुभयो ।

You might also like