सरकारले गरीबलाई नहेरेको भन्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई आफै भात बाँड्न तम्सिए सडकमा
असोज १५ काठमाण्डौं ।
कोरोना माहामारीका कारण भएको लकडाउन र रोजगारी गुमेका धेरै नागरिकको गाँस बासको अत्यन्त समस्या भएको छ । उनीहरु मध्य धेरै भोकै पर्ने स्थिति छ ।
सरकारले शुरुको लकडाउनमा केही चामल दाल वितरण गरे पनि अहिले रोजगारी गुमेका नागरिकहरु पुनः विचल्लिमा परेका छन् ।
यस्तो बेला सरकारले नागरिकका लागि कुनै राहत दिएको छैन भने जनस्तरबाट विभिन्न संघ संस्थाको नाममा सडकमा नागरिकलाई खाना खुवाउने सक्रियता बढेको छ ।
यस्तोमा पूर्व प्रधानमन्त्री एवं जसपाका नेता डा. बाबुराम भट्टराई पनि यो अभियानमा सामेल भएका छन् ।
तस्वीरहरुमा उनी बाल्टीमा भात बोकेर नागरिकहरुलाई बाँड्दै गरेको देख्न सकिन्छ ।
डा. बाबुराम भट्टराईले आफ्नो आधिकारीक फेसबुक पेजमा कोरोनाले सडकमा धकेलिएका नागरिकलाई राज्यले नहेरे पछि जनस्तरबाट खाना खुवाइरहेका स्वयंसेवीहरूका साथ भनेर लेखेका छन् ।
यो अभियान मानवी क्रिएटिभ एसोसिएसनले चलाएको छ र यसमा डा. भट्टराई पनि जोडिएका छन् । उनको यो सक्रियतालाई भने प्रशंसा गरिएको छ ।