नेपाल तरुण दलद्वारा सुरक्षाकर्मीलाई मास्क र सैनिटाइजर हस्तान्तरण
उमेश बि.क / नवलपरासी ,१६ भदौ
नेपाल तरुण दल पश्चिम नवलपरासीको सदस्यद्वारा सुरक्षाकर्मीलाई मास्क र सैनिटाइजर हस्तान्तरण गरिएको छ । नेपाल तरुण दल नवलपरासी जिल्ला सदस्य हिमलाल पाण्डेय र नेपाल तरुण दल सरावल १ का उपाध्यक्ष सन्तोष यादब द्वारा प्रहरी चौकी बासा बसहिलाइ ९ थान n95 माक्स र ९ थान सैनिटाइजर प्रदान गरिएको छ । काेराेना भाइरस काेभिड १९ काे विषम परिस्थितिमा सुरक्षाकर्मी उच्च जोखिममा रहेको हूदा जनताको सेवाका निम्ति खटिने प्रहरीका लागि काेराेनाबाट बचाउनकाे निम्ति सेनिटाइजर र मास्क हस्तांतरण गरिएको तरुण दलका जिल्ला सदस्य हिमलाल पाण्डेयले बताउनुभएको हाे ।
बंदाबन्दीको अवस्थामा फ्रंट लाइनमा खटीएका प्रहारीहरु प्रति बिसेष धन्यबाद प्रधान गर्दै नेपाल तरुण दल सरावल १ का उपाध्यक्ष सन्तोष यादबले हस्तांतरण गर्नु भएको हाे। बासा प्रहरी चौकीका इन्चार्ज महेश राएमाझिले नेपाल तरुण दलका युवा द्वारा प्रहरीले कामकाे सम्मान गर्दै प्रहरीहरुकाे स्वास्थ्य प्रती गरिएको चिन्तन र दिइकाे सहयाेगकाे लागि धन्यबाद ज्ञापन गर्नु भएको थियो ।