बिनयी त्रिबेणीका ३ जनामा संक्रमण पुष्टि, नवलपुरमा संक्रमित संख्या १३
खगेन्द्र पराजुली,
नवलपुर २४ जेठ, । पूर्वी नवलपरासीको बिनयी त्रिबेणी वडा नम्वर ४ का १८ बर्षका किशोर र २७ बर्षका युबक तथा वडा नम्वर ३ का १९ बर्षका किशोरमा संक्रमण पुष्टि भएको हो ।
योसँगै नवलपुरमा संक्रमित संख्या १३ पुगेको भने बिनयी त्रिबेणीमा मात्रै संक्रमितको संख्या ५ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले उनीहरुको ट्राभल ट्रेसिङको खोजपडताल बिबरण तयार गरेको जनाएको छ । संक्रमित ३ जना नै भारतवाट आएका भएको खुलेको छ ।
बिनयी त्रिबेणी ३ का संक्रमित जेठ ७ गते र ४ का अर्का २ जना १० गते क्वारेन्टाईनमा बसेका हुन् ।
बिनयी त्रिबेणीका ३ जना संक्रमित चितवनमा पठाईएका १० स्वावमध्येका संक्रमित रहेको स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो ।
चापागाईका अनुसार गत जेठ १६, १७ र १८ गतेका पोखरा परीक्षणका लागी पठाईएका ९४ स्वावमध्ये बिनयी त्रिबेणीकै ५ जनाको नतिजा स्पष्ट नहुदा पुनः स्वाव संकलन गरिएका ५ जनामध्ये १ जना र नयाँ २ जना सहित ३ जनाको भरतपुर प्रयोशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको हो ।
संक्रमित तीन जनालाई देबचुली रजहरस्थित प्राकृतिक चिकित्सालयको आईशोलेसनमा राखिने स्वास्थ्य कार्यालयले जनाएको छ ।दाउन्ने न्युज