प्रत्येक वडामा क्वारेन्टाइन निर्माण गर्दै रामग्राम नगरपालिका

0

नवलपरासी ८ जेठ – पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले प्रत्येक वडामा क्वारेन्टाइन बनाउने तयारी स्वरुप ९ वटा वडामा क्वारेन्टाइन विस्तार गरेको छ । रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताका अनुसार एउटै मात्र क्वारेन्टाईन हुदाँ भारतबाट आउनेहरुको संख्या बृद्धि भएका कारण बढ्दो चापलाई ध्यान दिदै प्रत्येक वडामा क्वारेन्टाइन विस्तार गर्ने नीति अनुरुप ९ वटा वडामा क्वारेन्टाइन निर्माण गरिएको हो ।

यस अघि आर्दश मावि रामग्राम ५ परासीमा मात्र क्वारेन्टाईन रहेको थियो । विहीवार सम्म वडा रामग्रामका वडा नम्बर ७,८,९,१२,१३,१५,१७ र १८ मा रहेका बिभिन्न बिद्यालयहरुका क्वारेन्टाइनको ब्यवस्था गरिएको नगर प्रमुख गुप्ताले जानकारी दिनुभयो ।


बाँकी रहेका वडामा समेत आवश्यकता अनुसार क्वारेन्टाईन निर्माण गरी कारोना संक्रमणको न्युनीकरणमा ध्यान दिइने गुप्ताको भनाई थियो । रामग्रामका १८ वटा वडा रहेका छन ।

You might also like