निशुल्क एम्बुलेन्स सेवा जेष्ठ नागरिक र पूर्ण अपांगलाई विस्तार गर्न निर्देशक समितिको सुझाव
बर्दघाट : बर्दघाट नगरपालिकाको एम्बुलेन्स निर्देशक समितिले एम्बुलेन्स सेवालाई ८४ बर्ष माथिका जेष्ठ नागरिक र पूर्ण अपांगलाई विस्तार गर्न सुझाव दिएको छ । सुत्केरीहरुलाई उपलब्ध गराउदै आएको निशुल्क एम्बुलेन्स सेवा ८४ बर्ष माथिका जेष्ठ नागरिक र पूर्ण अपांगलाई विस्तार गर्न समितिले सुझाव दिएको हो ।
समितिको सोमवार भएको बैठकले आय ब्यय तथा समिक्षा गर्दै सेवा विस्तार गर्न कार्यपालिकामा सिफारिस गर्ने निर्णय गरेको समिति संयोजक एंव उप प्रमुख मायादेवी पौडेलले बताउनुभयो । नगरवासीलाई पालिकाले २५ प्रतिशत छुटमा एम्बुलेन्स सेवा दिदै आएको छ ।
त्यस्तै एम्बुलेन्स चालकहरुको स्वास्थ्य बीमा गर्न समेत समितिले सुझाएको छ। बैठकले कोरोना लकडाउनको अवधिमा एम्बुलेन्स तयारी अवस्थामा राख्ने प्रबन्ध गर्न भनेको छ ।
बैठकले एम्बुलेन्सको प्रयोग के तथा सवारीलाई प्रबन्ध र निरिक्षण गर्न स्वास्थ्य शाखाको तर्फबाट हुमनाथ पाण्डेलाई जिम्मेवारी तोकेको छ ।
त्यस्तै उपप्रमुख पौडेलका अनुसार बजार अनुगमन लाई समेत निरन्तरता दिइने भएको छ । यस अघि भएको बजार अनुगमनको प्रतिबेदन यस प्रकार रहेको छ ।
बजार अनुगमनको सक्षिप्त प्रतिवेदन
उपभोक्ताको स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न, उपभोग्य वस्तु वा सेवाको गुणस्तर, परिमाण एवं मूल्यको अनियमितताबाट उपभोक्तालाई संरक्षण प्रदान गर्न, वस्तु वा सेवाको उत्पादन स्थल वा भन्सार विन्दु, ढुवानी मार्ग, भण्डारण तथा संचय स्थल, थोक तथा खुद्रा विक्रि स्थल र उपभोग स्थल लगायतका ठाउँहरूमा वस्तु वा सेवा प्रदायक वा बिक्रेताको व्यवसायिक कारोवारको दर्ता, नवीकरण, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, विज्ञापन लगायतका व्यापारिक क्रियाकलापको नियमनका लागि नगरपालिकाबाट नियमित रुपमा बजार अनुगमन गर्न आवश्यक मार्गदर्शन गर्ने उद्देश्यले बर्दघाट नगरपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका,२०७४ बमोजिम कार्यपालिका बैठकबाट उपभोक्ता हित सँरक्षण समिति र बजार अनगमन टोली गठन भएको थियो ।
मिति ०७६÷१२÷१० गते वसेको नगर उप प्रमुख श्री माया देवी पौडेलज्यूको अध्यक्षतामा वसेको उपभोक्ता हित सँरक्षण समितिको वैठकबाट कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारी बाट उत्पन्न परिस्थितीको सन्दर्भमा स्थानीय स्तरमा रहेका किराना पसल, औसधी पसल तथा अन्य उपभोक्ता हित सँग सम्बन्धित व्यावसायीक कारोवारको अनुगमन गर्ने कार्यलाई प्राथमिकता दिने र अनुगमन गर्दा विषय विज्ञका साथै नगरका स्थानीय टेलिभिजन, एफ.एम.रेडियो तथा पत्रपत्रिकाका सञ्चारकर्मीलाई समावेश गर्ने सम्बन्धमा बजार अनुगमन टोलीलाई निर्देशन दिएको थियो ।
मिति ०७६÷१२÷१० मा केही औसधी पसल तथा किराना पसलहरुको अनुगमन गर्दा पाईएको वस्तुस्थिती विवरण निम्नानुसार रहेको छ ।
१.सञ्जिवनी हेल्थ होम, बर्दघाट ४ः औसधीको मूल्य सूची नभएको, ल्याव सेवा, एक्सरे सेवा, इसीजी सेवा , फिजिसियन सेवा, माइनर अपरेशन सेवा लगायतका सेवाहरु उक्त मेडिकल बाट आवश्यकता अनुसार प्रवाह भएको पाइयो ।
२.पाल्पा मेडिकल हल, बर्दघाट ४ः सामान्य चिकित्सा सेवा, फार्मेसी सेवा, एक्सरे सेवा, इसीजी सेवा, ल्याव सेवा लगायतका सेवाहरु प्रवाह भएको पाइयो । औसधीको मूल्य सूचि नभएकोले राख्न सुझाव दिइयो ।
३. न्यू जोसी आयल स्टोर्स, बर्दघाट—४ः
४.पव्लिक रेष्टुरेन्ट, बर्दघाट—४ः मूल्य सूची नभएकोले राख्न सुझाव दिइएका
५.सन्दिप मिष्ठान्न भण्डार, बर्दघाट—४ः मूल्य सूची नभएकोले राख्न सुझाव दिइएको
६.शिव देउराली जनरल स्टोर, बर्दघाट—४ः
७ रम्भादेवी जनरल स्टोर, बर्दघाट—४ः मूल्य सूची नभएकोले राख्न सुझाव दिइएको र पसल नविकरण गरेको प्रमाण नभएकोले अविलम्व नविकरण गर्न सुझाव दिइएको छ ।
८.रमा मेडिकल हल, बर्दघाट—४ः अन्य औषधीको सहज उपलव्धता रहेको भएपनि सेनेटाइजरको उपलव्धता नभएकोले आवश्यक व्यवस्था गरी आपुर्ति व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
९. गुडु किराना स्टोर, , बर्दघाट—४ ः मूल्य सूचि र साइन वोर्ड नभएको र बजार मूल्य केही वढी भएको पाइएकोले अविलम्ब मूल्य सूची राखी मूल्य समायोजन गर्न निर्देशन दिइएको छ ।
१०. अनमोल स्टोर, बर्दघाट —४ः मूल्य सूचि नभएको, औषधी व्यवस्था विभागमा दर्ता नभएको हुँदा अविलम्व दर्ता गर्न निर्देशन दिइएको छ ।
११.सिद्दार्थ ग्यास, बर्दघाट —४
१२. पौडेल मिष्ठान्न भण्डार, बर्दघाट —४
अनुगमन टोलीको सहभागिहरुः
श्री माया देवी पौडेल उप प्रमुख बर्दघाट नगरपालिका
श्री लेखनाथ न्यौपाने अध्यक्ष, उद्योग वाणिज्य सँघ
श्री हुमनाथ पाण्डे श्वास्थ्य शाख, बर्दघाट नगरपालिका
श्री पुष्कर काफ्ले का.अ. बर्दघाट नगरपालिका
श्री रवि पाण्डे पत्रकार
श्री सरोज धीताल, पत्रकार
श्री पिताम्बर देवकोटा वरिष्ठ नगर प्रहरी
मिति ०७६÷१२÷२८ मा केही औसधी पसल तथा किराना पसलहरुको अनुगमन गर्दा पाईएको वस्तुस्थिती विवरण निम्नानुसार रहेको छ ।
१. मधुबन कृषि वहुउद्देश्यीय सहकारी सँस्था लि बर्दघाट —९
२. विजुविनु किराना स्टोर, बर्दघाट —९
३. विशाल किराना पसल, बर्दघाट —१४
४. अनुस्का फार्मेसी, बर्दघाट—१२
५. सहानी जनरल स्टोर, बर्दघाट—१२
६.दौलत किराना पसल, बर्दघाट—१२
७.पठान इन्टरप्राइजेज, बर्दघाट—१२
८. सुनिल किराना स्टोर, बर्दघाट—१२
९. यूग तामाङ्ग किराना पसल, बर्दघाट—९
१०. खेम राज अधिकारी बर्दघाट—१०
११. मुस्कान किराना पसल, बर्दघाट—९
१२. आइ.के जनरल स्टोर, बर्दघाट—१२
१३. ओम इन्टरप्राइजेज, बर्दघाट—१०
१४. स्मिता किराना पसल, बर्दघाट—१२ ः म्याद नाघेका सामाग्रीहरु लिचि जुस थान, २४, चिया १४ प्याकेट, जुजु चिजवल्स २० प्याकेट, कुरकुरे ४ प्याकेट लगायतका सामाग्री वरामत गरिएको
१५. रक्षा फार्मेसी , बर्दघाट १२ः
१६. दुर्गादेवी ट्रेडर्स, बर्दघाट—१२ः साइन वोर्ड नभएकाले अविलम्व राख्न निर्देशन दिइएको
१७. यस सन्देश किराना पसल, बर्दघाट—१४ मूल्य सूची नभएकाले अविलम्व मूल्य सूचि सार्वजनिक गर्न निर्देशन दिइएको
अनुगमन टोलीको सहभागिहरुः
श्री माया देवी पौडेल उप प्रमुख बर्दघाट नगरपालिका
श्री लेखनाथ न्यौपाने अध्यक्ष, उद्योग वाणिज्य सँघ
श्री हुमनाथ पाण्डे श्वास्थ्य शाख, बर्दघाट नगरपालिका
श्री पुष्कर काफ्ले का.अ. बर्दघाट नगरपालिका
श्री कृष्ण प्रसाद ढकाल पत्रकार
श्री रवि पाण्डेय पत्रकार
श्री सरोज धीताल, पत्रकार
श्री पिताम्बर देवकोटा वरिष्ठ नगर प्रहरी
श्री धनन्जय पौडेल उपभोक्ता हित सँरक्षण सँघ
प्र.स.नी श्री जगत वहादुर सुनार, इ.प्र.का. बर्दघाट
प्र.ज. श्री कृष्ण प्रसाद भण्डारी
श्री दिनेश न्यौपाने, उद्योग वाणिज्य सँघ
मिति ०७७÷१÷३ मा केही औसधी पसल तथा किराना पसलहरुको अनुगमन गर्दा पाईएको वस्तुस्थिती विवरण निम्नानुसार रहेको छ ।
१. सविना इन्टरप्राइजेज, बर्दघाट—२ः साइन वोर्ड नभएकोले राख्न निर्देशन दिइएको, म्याद नाघेका सामाग्रीहरु मिट मसला थान, ४ वरामत गरिएको
२. दिव्यश्री किराना स्टोर, बर्दघाट—२ः साइन वोर्ड नभएकोले राख्न निर्देशन दिइएको, म्याद नाघेका सामाग्रीहरु वेसन ४ प्याकेट र सुजि १ प्याकेट वरामत गरिएको
३.शुभ भण्डारी स्टोर, बर्दघाट—२ः म्याद नाघेका सामाग्रीहरु ल्याक्टोजिन थान, ३ र भेज मसरुप सुप २ प्यकेट वरामत गरिएको
४. समिक्षा किराना पसल बर्दघाट—२ः मूल्य सूची नभएकाले अविलम्व मूल्य सूचि सार्वजनिक गर्न निर्देशन दिइएको
५.सिद्दि गणेश इन्टरप्राइजेज, बर्दघाट—२ः मूल्य सूची र साइनवोर्ड नभएकाले अविलम्व मूल्य सूचि सार्वजनिक गर्न र साइन वोर्ड राख्न निर्देशन दिइएका
६. नितेश किराना पसल, बर्दघाट—२ः मूल्य सूची र साइनवोर्ड नभएकाले अविलम्व मूल्य सूचि सार्वजनिक गर्न र साइन वोर्ड राख्न निर्देशन दिइएको, मिट मसला २ प्यकेट वरामत गरिएको
७. खान हेल्थ क्लीनिक, बर्दघाट—१२ ः मूल्य सूची र साइनवोर्ड नभएकाले अविलम्व मूल्य सूचि सार्वजनिक गर्न र साइन वोर्ड राख्न निर्देशन दिइएको,
८.अञ्जली चौधरी स्टोर्स, बर्दघाट—२ः मूल्य सूची र साइनवोर्ड नभएकाले अविलम्व मूल्य सूचि सार्वजनिक गर्न र साइन वोर्ड राख्न निर्देशन दिइएको, मिट मसला २ प्यकेट वरामत गरिएको
९. सहानी जनरल स्टोर, बर्दघाट—१२ ःअखाद्य तेल, २ लि. वरामत गरिएको
१०. दलित किराना पसल, बर्दघाट—१३ ःमूल्य सूची नभएकाले अविलम्व मूल्य सूचि सार्वजनिक गर्न निर्देशन दिइएको, अखाद्य तेल, २५० एम एल थान २०, मिट मसला १ प्याकेट वरामत गरिएको
११. जीत वहादुर चौधरी, बर्दघाट—१३ ः अखाद्य तेल, १ लि.को ५ थान, २५० एम एल थान ४, मिट मसला ३ दर्जन प्याकेट वरामत गरिएको
१२. सागर इन्टरप्राइजेज, बर्दघाट—१३ूः मूल्य सूची र साइनवोर्ड नभएकाले अविलम्व मूल्य सूचि सार्वजनिक गर्न र साइन वोर्ड राख्न निर्देशन दिइएको, अखाद्य तेल, १ लि.को २ थान, २५० एम एल थान ८, लिची जुस १ दर्जन, सुर्ति गुड्का करिब ५ दर्जन सानो प्यकेट वरामत गरिएको
१३. रितेश थारु किरानान पसल, बर्दघाट—१३ ःमूल्य सूची नभएकाले अविलम्व मूल्य सूचि सार्वजनिक गर्न निर्देशन दिइएको, अखाद्य तेल २५० एम एल थान २४, लिची जुस १ दर्जन, सुर्ति गुड्का करिब ५ दर्जन सानो प्यकेट वरामत गरिएको
१४. रम्भादेवी सप्लायर्स, बर्दघाट—१३ ःमूल्य सूची नभएकाले अविलम्व मूल्य सूचि सार्वजनिक गर्न निर्देशन दिइएको,
१५. दाजूभाई किराना पसल, बर्दघाट—१३ः मूल्य सूची नभएको, व्यावसाय दर्ता नभएकोले अविलम्व कारवाही अगाडी वढाउन निर्देशन दिइएको,
१६.मलिराम किराना पसल, बर्दघाट—१३ः मूल्य सूची नभएको, व्यावसाय दर्ता नभएकोले अविलम्व कारवाही अगाडी वढाउन निर्देशन दिइएको, केही म्याद नाघेका तथा अखाध्य तेल ५ वटा १ लि.को वेल कोलू तेल, ७ बटा २५० एम एल.को तेल, १४ वटा चाउचाउ, ३ वटा गुल्कोज, तथा सानो लिचि जुस १२ थान वरामत गरिएको ।
१७. लामिटछाने किराना पसल, बर्दघाट—१३ः केही म्याद गुज्रेका सामाग्री पाइएको सेन्चुरी मसला— २ थान तथा सँगम गोल्ड चिया थान —४ बरामत गरिएको
अनुगमन टोलीको सहभागिहरुः
श्री माया देवी पौडेल उप प्रमुख बर्दघाट नगरपालिका
श्री लेखनाथ न्यौपाने अध्यक्ष, उद्योग वाणिज्य सँघ
श्री हुमनाथ पाण्डे श्वास्थ्य शाख, बर्दघाट नगरपालिका
श्री पुष्कर काफ्ले का.अ. बर्दघाट नगरपालिका
श्री नारायण भण्डारी पत्रकार
श्री कृष्ण प्रसाद पाण्डे, वडा सदस्य
श्री पिताम्बर देवकोटा वरिष्ठ नगर प्रहरी
साराँश
समग्रमा यस वर्दघाट नगरपालिका अन्तरगत विभिन्न स्थानमा रहेका किराना पसल, होटल र मिठाई पसल तथा औसधी पसलहरुको ३ दिन अनुगमन गर्दा बजार अनुगमन निर्देशिकाको अनुसूची ४ सँग सम्बन्धित दैनिक वजार अनुगमन फारममा उल्लेखित सूचकहरु मध्ये केही सूचकहरु पुरा भएको देखिएको र व्यावसायीहरु स्थायी लेखा नम्बर (एब्ल्) र ख्बत मा दर्ता रहेका भए पनि नगरपालिकामा आई व्यावसाय दर्ता नगरेको, केही पसलहरुले साइनवोर्ड नै नराखेको, अधिकाँश पसलहरुले मूल्य सूची राखी अद्यावधिक गरेको पाइएको भएता पनि केही ग्रमिण क्षेत्रका पसलहरुमा अखाद्य तोल तथा म्याद नाघेका सामाग्री पाइएको हुँदा आवश्यक सुधारको लागि निर्देशन दिइएको र निजहरुको तर्फबाट समेत भविश्यमा दिइएका सुझावको कार्यान्वयन गर्ने प्रतिवद्दता व्यक्त गर्नु भएको थियो ।