लिपुलेकमा भारतद्वारा सडक निर्माण गरिएकोप्रति १० दलको आपत्ति (हेर्नुस बिज्ञप्ति सहित )

0

काठमाण्डौ २७ बैशाख : नेकपा (क्रान्तिकारी माओवादी ) नेकपा (मसाल ) नेकपा (माले ) सहितका १० वामपन्थी दल तथा संगठनले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेकोमा आपत्ति जनाएका छन्।

तस्बिर क्रान्तिकारी माओवादी नेता चक्रपाणी शर्माको फेुसबुकबाट

शनिबार जारी संयुक्त वक्तव्यमा ‘विवादलाई वार्ताको माध्यमद्वारा समाधान गर्ने कुरा भारतले बताइरहेको पृष्ठभभुमिमा कालापानी क्षेत्रमा भारतले नेपालको अनुमति वा स्वीकृित बिना निर्माण गरेको सडक उसको नेपालमाथि हस्तक्षेपको नांगो उदाहरण’ भएको उल्लेख गरिएको छ । नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवाद) नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), जनसमाजवादी पार्टी, नेकपा (संयुक्त) र जनजागरण परिषद, नेपालद्वारा जारी संयुक्त वक्तव्यमा उक्त विषयमा तुरुन्त आफ्नो स्थिति स्पष्ट गर्नका लागि सरकारसित जोडदार माग गरिएको छ।

यति ठूलो परिमाणमा सडक निर्माण हुँदा र पुलहरूको निर्माण हुँदा समेत नेपाल सरकारलाई जानकारी नहुनु वा सरकार वेखबर हुनुलाई गम्भीर रूपमा लिएको वक्तव्यमा उल्लेख छ।

राष्ट्रियताका पक्षमा आन्दोलन गर्दै आइरहेको १० दलको संयुक्त मोर्चाले लकडाउन अघिसम्म भारतलेले कालापनी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा पारेको विरोधमा देशब्यापी प्रदर्शन गरेको थियो।

You might also like