बर्दघाट–१३ मा मकैबाली पकेटक्षेत्र कार्यक्रमबाट ५ सय बढी कृषक प्रत्यक्ष लाभान्वित
नवलपरासी ८ बैशाख – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले घोषणा गरेको मकैबाली पकेट क्षेत्र कार्यक्रमबाट ५ सय बढी कृषक परिवार लाभान्वित भएका छन् । वडा नम्बर १३ मा सो कार्यक्रम सफल भएपछि ५ सय बढी कृषक परिवारले मकैबालीबाट प्रत्यक्ष लाभान्वित भई आयस्रोत समेत बृद्धि गर्दै आइरहेका छन् । २५ वटा समुहमा आबद्ध भएका कृषक परिवारलाई बर्दघाट नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत बिउ दिनुका साथै कृषि परार्मश समेत दिदै आएको छ ।
सिँचाई तथा बिभिन्न कार्यमा नगरपालिकाले कृषकलाई सहयोग गर्दै आएको कृषक अगुवा खुमानन्द पन्तले बताउनुभयो । उहाँका अनुसार २५ समुहमा आबद्ध कृषकले ५ कठ्ठादेखि दुई बिघा बढी सम्म मकैखेती गरेपछि मकै उत्पादनमा बृद्धि हुदाँ त्यसबाट प्रत्यक्ष आम्दानी हुन थालेको हो । ५ सय बढी परिवार प्रत्यक्ष जोडएपनि अप्रत्यक्ष रुपमा अझ धेरैले स्वरोजगार पाएको पन्तको भनाई छ । मकै खरिद गर्ने , ढुवानी गर्ने र मकै पोलेर जिविकोपार्जन गर्नेहरु समेतलाई मकै पकेटले सर्पाेट गरेको उहाँको भनाई छ । उहाँले बुटवलदेखि मकै खरिद गर्न ब्यापारीहरु आउने भएपनि कारोनाको लकडाउनको बेला भने हरियाँ मकै बेच्न गाह्रो भएको जानकारी दिनुभयो । हरियाँ मकै बेच्दाँ केही मुनाफा हुने भएकाले हरियो मकै बेच्न नपाउदाँ कृषकहरु मर्कामा परेको उहाँको भनाई छ ।
त्यस्तै बर्दघाट नगरपालिका वडा न. १२ र १३ लाई मकैबाली पकेट र १४ र १५ लाई तरकारी पकेट घोषणा गरेको थियो । सो मध्ये वडा १३ मा मकै उत्पादन सफल भएकोले जानकारहरु बताउछन् । त्यस्तै बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले वडा नं १३ का कृषकहरुको मेहेनतले नगरपालिकाको लक्ष्य पुरा हुन थालेको भन्दै खुसी ब्यक्त गर्नुभयो ।
उहाँले नगरले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेकोले कृषकले कृषकहरु उत्पादनमा लाग्ने वातावरण बने
को बताउनुभयो । हामीले वडा नं १२ र १३ लाई मकै पकेट घोषणा गरेका थियौ अब १३ नम्बरले राम्रै सफलता हासिल गरेको छ – प्रमुख बस्यालले स्थानीय पत्रसंग भन्नुभयो – वडा नम्बर १४ र १५ तरकारी पकेट पनि राम्रै भएको छ । हामी कृषकका हरेक समस्यामा साथ साथै छौ । नगर प्रमुख बस्यालले कृषकहरुलाई आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्न नगरपालिका सधै तयार रहेको बताउनुभयो ।