माकर सनराइजको १४ औं साधारणसभा

0

बर्दघाट – माकर सनराइज साकोस बर्दघाट ४ को १४ औं साधारणसभा तथा प्रथम एकीकृत सभा शनिवार सम्पन्न भएको छ । सभा उद्घाटन कार्यक्रममा बर्दघाट नगरपालिकाका नगरप्रमुखका धीरज शर्मा बस्यालले सहकारीहरु एकीकृत हुने बिषय राम्रो रहेको बताउर्दै सहकारीले उत्पादशील क्षेत्रमा लगानी गर्नूपर्ने बताए । कार्यक्रममा संस्थाका सल्लाहकार सरिता खनाल , रामचन्द्र अधिकारी, माया पोखरेल जगदीश जिसी , नवराज पोखरेललगायतले शुभकामना मन्तब्य राख्नुभएको थिष्यो ।
सभामा बिगतको समिक्षा गर्दै अध्यक्ष पुण्य प्रसाद पौडेललेका प्रगति प्रतिबेदन, सचिव कृष्ण थापा क्षेत्रीको बार्षिक प्रतिबेदन , कोषाध्यक्ष युवराज डुम्रेद्धारा प्रस्तुत आयब्यय प्रतिबेदन, लेखा संयोजक पुरुषोतम कण्डेलद्धारा प्रस्तुत प्रतिबेदा.न पारित गरिएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष पु्ण्य प्रसाद पौडेलको अध्यक्षता सचिव कृष्ण थापा क्षेत्रीको संचालन उपाध्यक्ष कमला शर्मा बस्यालको स्वागतमा भएको थियो ।

You might also like