पौष ७ गते परासीमा क्रान्तिकारी पत्रकार महासंघको अन्तरक्रिया
नवलपरासी ५ पौष – क्रान्तिकारी पत्रकार महासंघ– नेपाल जिल्ला शाखा पश्चिम नवलपरासीले राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पत्रकारहरुको भुमिका बिषयक अन्तरक्रिया गर्ने भएको छ । यही पुष ७ गते सोमवार परासीस्थित नेपाल पत्रकार महासंघको सभा हलमा कार्यक्रम हुने आयोजक क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष संजय तिवारीले बताए । कार्यक्रममा जिल्लामा रहेका सबै संचारमाध्यम, पत्रकार एंव राजनैतिक दलका जिल्लास्थित प्रमुख तथा प्रतिनिधि , मानव अधिकारवादी , नागरिक समाजका अगुवाबीच अन्तरक्रिया गरिने तिवारीले जानकारी दिए । त्यस्तै अन्तरक्रियामा लिम्पियाधुरा –कालापानी –लिपुलेकमा भारतीय पक्षबाट गरिएको अतिक्रमण तथा सुस्ता क्षेत्रको अतिक्रमित भुमि फिर्ता र कालापानीमा भारतीय सेनाबारे सर्वपक्षीय बृहत छलफल समेत गरिने उनले बताए । त्यस्तै कार्यक्रमकै सिलसिलामा आइतवार महासंघको बैठक समेत आयोजना गरिएको उनले तिवारीले जानकारी दिए । क्रान्तिकारी पत्रकार महासंघले श्रमजिवी पत्रकारको हकहितको वकालतका साथै जनपक्षीय पत्रकारिताका एंव राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा अभियान संचालन गर्दै आएको छ । त्यस्तै अभियान अन्तरगत क्रान्तिकारी पत्रकार महासंघमा जिल्ला तथा प्रदेश संगठन समितिले अन्तरक्रियाको कार्यक्रमलाई ब्यापक बनाउने भएका छन् ।