दाङको हापुरेमा क्रान्तिकारी माओवादीको उपनिर्वाचन बहिस्कार सभा

0

रवि पाण्डेय
दाङ ६ मंसिर – कथित उपनिर्वाचन बहिस्कार गरौं जनवादी क्रान्तिको तयारी गरौ भन्ने नाराका साथ नेकपा ( क्रान्तिकारी माओवादी ) र देशभक्त जनणतान्त्रिक मोर्चाले प्रदेश ५ अन्तरगत दाङको हापुरे बहिस्कार सभा गरेको छ । प्रहरी दमनको प्रतिवाद गर्दै भएको सभामा बोल्ने क्रान्तिकारी माओवादीका नेताहरुले संसदीय ब्यवस्था बदनाम भएको बेला उपनिर्वाचनको औचित्य नभएको बताए । कार्यक्रममा बोल्ने बक्ताहरुले कालापानी लिपुुलेक र लिम्पियाधुरामा भारतीय अतिक्रमण भएका यस समयमा निर्वाचन गरिएको प्रति आक्रोश ब्यक्त गर्दै निर्वाचनमा सहभागी नहुन जनतामा अपिल गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य एंव प्रदेश ५ का सेक्रेटरी प्रमोदले समान्य बिरोध सभालाई समेत गर्न नदिने अभ्यास लोकतान्त्रिक नभई फासीवादको अभ्यास भएको बताए । उनले राष्ट्रियताको पक्षमा शान्तिपुर्ण आन्दोलन गर्न नदिने त्यसको बिफोष्ट हुने चेतावनी दिए । उनले सुरक्षाकर्मीहरु जनतालाई दमन गर्न भन्दा सिमामा तैनाथ हुनुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा पार्टीका बैकल्पिक पोलिटब्युरो सदस्य संकुलले सिमा मिचिदाँ सिमा नबोल्ने राष्ट्रघातीका बिरुद्ध जनताले बिद्रोह गर्ने अधिकार रहेको बताए । कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सचिवालय सदस्य हिरामणी दुखीले प्रहरीले विहीवार पार्टीको पर्चा पम्पलेट तथा माइक खोसेर नेता कार्यकर्तालाई दमनका उत्रिएको प्रति निन्दा ब्यक्त गरे । कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला ईञ्चार्ज समिरले सुरक्षाकर्मीले बन्दुकको आडमा दमन गरे जनताको तर्फबाट पनि बन्दुक उठने बताए । कार्यक्रम पार्टीका बैकल्पिक पोलिटब्युरो सदस्य शिशिरको अध्यक्षता एंव समिरको संचालन रहेको थियो । सभा अघि उपनिर्वाचन बहिस्कार तथा राष्ट्रियताको रक्षाको नारा लगाउदैं जुलुस निकालिएको थियो । कार्यक्रम स्थलमा जनपद तथा सशस्त्र परिचालन गरिएको थियो ।

You might also like