दशैमा जनप्रतिनिधिद्वारा जेष्ठ नागरिक र फरक क्षमता भएकालाई फलफूल प्रदान

0

बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १२ का वडाध्यक्ष सहित जनप्रतिनिधिहरुले आफ्नै खर्चमा जेष्ठ नागरिक तथा फरक क्षमता भएका हरुलाई फलफूल र मिठाई बितरण गरेका छन् ।


वडाका जनप्रतिनिधिले आफनै लगानीमा वडामा भएका ८५ बर्ष माथिका जेष्ठ नारिक र फरक क्षमता भएकाहरुलाई फलफूल जुस र मिठाई बितरण गरेर दशै रमाइलो बनाइदिएका हुन ।
दशैमा एउटा केही त नयाँ काम गरौ भनेर २० जना ८५ बर्ष माथि जेष्ठ नागरिक र ४ जना शारिरिक अपांगता भएकालाई उनीहरुको घरमै पुगेर फलफूल जुस र मिठाई दिएको वडाध्यष मानबहादुर मल्लले बताउनुभयो ।

You might also like