सरावल–४ पुर्नाहामा विशाल ताजिया मेला उद्घाटन
मेलाले धर्म संस्कृतिको जर्गर्ना-अधिकारी
रवि पाण्डेय सरावल – पश्चिम नवलपरासीको सरावल–४ पुर्नाहामा विशाल ताजिया मेला उद्घाटन गरिएको छ । मोर्हरमको अवसरमा सोमवार आयोजित एक समारोहमा प्रदेशसभा सदस्य दिपेन्द्र कुमार अधिकारीले सो मेला समुदघाटन गर्नुभएको हो ।
समारोहमा बोल्दै प्रमुख अतिथि अधिकारीले मेलाले धर्म संस्कृतिको जर्गर्ना संगै समुदायबीच भाईचाराको सम्बन्ध स्थापित गर्ने बताउनुभयो । उहाँले मुष्लिम र तराई मधेशका थारु मधेशी समुदायको एकताको कडिका रुपमा ताजियालाई लिनुपर्ने बताउदैं संस्कृति सबैको साझा हुने बताउनुभयो । उहाँले प्रदेशसभाले जातजातिका संस्कृति संरक्षणका लागि कानुन बनाउने भन्दै त्यसलाई जनमुखी बनाउन आफु सधै तयार रहेको दावी गर्नुभयो ।
फरक प्रसँगमा प्रदेशसभा कानुन समितिका सदस्य समेत रहनुभएका अधिकारीले नेपालमा भारतीय नम्बरप्लेटका गाडि चल्न दिने÷नदिने बिषयमा बहस शुरु भएको उल्लेख गर्दै त्यसलाई ब्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । तपाईहरुमा चिन्ता मोटरसाइकल चल्न पाईन्छ कि पाइदैन भन्ने छ –उहाँले सो अवसरमा भन्नुभयो– त्यसलाई ब्यवस्थित गर्न जरुरी छ । उहाँले भर्खरै भारतीय नम्बर प्लेटका सवारीसाधान बन्दै गरिनुपर्छ भन्ने भन्दा पनि ब्यवस्थित गर्नु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा सरावल गाउपालिका वडा नम्बर ४ का वडाध्यक्ष छोटेलाल यादव ५ का वडाध्यक्ष दिनेश सहानीले समेत सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मेला आयोजक समितिका अध्यक्ष अयोध्या यादवले मेला चार दिन सम्म चल्ने बताउनुभयो ।कार्यक्रम अयोध्या यादवको अध्यक्षता सुरेश यादवको स्वागत र सुशान्त शर्मा घिमिरेको संचालनमा भएको थियो ।
p