ग्लोरियस एकेडमीमा नतिजा प्रकाशन तथा अभिभावक दिवस
बर्दघाट २८ चैत्र – पश्चिम नवलपरासी जिल्लाको बर्दघाट–४ स्थित हाटबजारमा रहेको ग्लोरियस एकेडमीले विहीवार कार्यक्रम आयोजना गरी शैक्षिक सत्र – २०७५ को नतिजा प्रकाशन तथा अभिभावक दिवस मनाइएको छ । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्याब्सनका जिल्ला अध्यक्ष ईन्द्र गुरुंगले निजी बिद्यालयको शैक्षिक नतिजा राम्रो रहेको बताउदै शिक्षक अभिभावक र बिद्यार्थीको त्रिपक्षीय सहकार्यबाट मात्र शैक्षिक उपलब्धि हुने बताउनुभयो ।
कार्यक्रममा बिशिष्ट अतिथि बर्दघाट नगरपालिकाका नगर शिक्षा अधिकारी ईन्द्र बहादुर कुंवर प्याब्सन ५ नम्बर प्रदेशका सदस्य अनिल अधिकारी, अतिथिहरु समाजसेवी राजु खनाल अभिभावक मिठु नेपाली र गोर्कण रानाले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
बिद्यालयका संस्थापक अध्यक्ष भिमराज पंगेनीको अध्यक्षता नवराज घिमिरेको संचालनमा भएको सो कार्यक्रममा उत्कृष्ट नतिजा ल्याएका बिद्यार्थीहरुलाई पुरस्कृत गर्नुका साथै बिद्यार्थीहरुले सांस्कृतिक तथा बिभिन्न बिद्यामा प्रस्तुति समेत गरेका बिद्यालयकी प्रिन्सिपल गोमा पंगेनीले स्थानीयपत्रलाई जानकारी दिनुभयो ।
कार्यक्रममा उल्लेख मात्रामा अभिभावक तथा बिद्यार्थीहरु सहभागी थिए ।