सिंचाई आयोजनाको शिलान्यास
रामु भुषाल , कुकुरमारा – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १६ शितलबस्ती स्थित खजुरा खोलाबाट सिचाँईका लागी पक्की कुलो शिलान्यास गरिएको छ । मंगलवार प्रदेश सांसद दिपेन्द्र कुमार अधिकारीले सो आयोजनाको शिलान्यास गर्नुभएको हो ।
सो अवसरमा प्रमुख अतिथि अधिकारीले प्रदेश नम्बर ५ को समृद्धी कृषि पर्यटन, उद्योग लगायतबाट मात्र सम्भव भएको हुदाँ प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेर लगानी गरिरहेको बताउदै यस आयोजनाले यस क्षेत्रका किसानहरुलाई राहत पुग्ने विश्वास ब्यक्त गर्नुभयो । विशेष अतिथिको रुपमा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज बस्यालले नगरपालिकाका सम्पुर्ण कृषी योग्य जमिनहरुमा सिचाँईको ब्यवस्थापन गर्नका लागी नगरपालिकाले विशेष योजनाहरु अघि सार्दै कार्यान्वयन तर्फ लागेको बताउनुभयो । कार्यक्रम खजुरा खोला कुकुरमारा सिचाई आयोजनाका अध्यक्ष देवी प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सिचाई डिभिजन कार्यालय सेमरकिा प्रमुख ध्रुब पौडेल, समाजसेवी वृहस्पति अधिकारी, वडा नम्बर १६ का वडा सदस्य थमन सिँह गुरुंग लगायत स्थानियबासी, उपभोक्ताहरुको उपस्थिती रहेको थियो । आयोजनाका उपाध्यक्ष बेतन प्रसाद गुरुंगको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन उपभोक्ता नविन घिमिरेले गर्नुभएको थियो । करिब सवा ३ करोडको लागतमा आर्थिक बर्ष २०७७ सम्ममा सम्पन्न गरिने योजना सिचाई विभाग अन्र्तगत यस आर्थिक बर्षमा १ करोड ७६ लाख बजेट विनियोजन भएको छ ।