शैक्षिक क्षेत्रको परिर्वतन विना विकास सम्भव हुदैन : सांसद अधिकारी

0

भटौलिया : प्रदेश नम्बर पाँचका सांसद दिपेन्द्र कुमार अधिकारीले अहिलेको शिक्षाले शैक्षिक क्षेत्रमा कुनै विकास नहुने बताउँदै प्रतिस्पर्धामा जान सकिने गरी समय अनुसार शिक्षा क्षेत्रमा परिवर्तन गर्नु पर्नेमा जोड दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का नेता समेत रहनुभएका अधिकारीले शैक्षिक क्षेत्रको परिर्वतन विना विकास सम्भव हुदैन भन्नुभयो । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १२ जहदामा अवस्थित नित्यानन्द रत्नकुमारी माध्यमिक विद्यालयले ३ दिवशीय कार्यक्रमको अन्तिम दिन सोमवार आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रतिष्पर्धी शिक्षाबाट मात्र प्रगति हुने दावी गर्नुभयो । सो विद्यालयले शिक्षक अभिभावक संघका अध्यक्ष महेन्द्र काफ्लेको संयोजकत्वमा फागुन ११ गते देखि विभिन्न कार्यक्रमको साथमा स्वर्ण महोत्सव मनाउदै आएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देव बहादुर चौधरीको अध्यक्षता भएको कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल, वरिष्ठ कलाकार टिका पहारी लगायतले विद्यालयलाई शुभकामना दिनुभयो ।
कार्यक्रममा चन्दादाता एवं समाजसेवी मनोज कार्की वडा नम्बर १३ का वडाध्यक्ष नर बहादुर चौधरी, समाजसेवी निमानन्द न्यौपाने, अनिल गौड , दाउन्नेदेवी माविका प्रधानाध्यापक चिरञ्जिवी खनाल, पूर्व विद्यार्र्थी रामजी शर्मा लगायतले शुभकामना मन्तब्य राखेको आयोजकले जनाएको छ । कार्यक्रममा विद्यालयको प्रथम ब्याच २०४४ सालमा एसएलसीमा सहभागी हुने १४ जना पुर्व विद्यार्र्थी, विद्यालयलाई योगदान पुर्याउने चन्दादाता, समाजसेवी, बुद्धिजिवी, सञ्चारकर्र्मी लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयको समस्त गतिविधिलाई समेटिएको विद्यालयको स्वर्ण स्मारिका समेत विमोचन गरिएको थियो ।
२०१३ सालमा स्थापना भएको यस विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि विभिन्न ब्यक्तित्वहरुबाट एक करोड भन्दा बढिको सहयोग प्राप्त भएको महोत्सव आयोजक समितिका सचिव एवं प्रवक्ता सविन पाठकले जानकारी दिनुभयो । सो बिद्यालयले बिद्यालय स्थापना भएको ६२ बर्षमा बिद्यालयले स्वर्ण महोत्सव मनाएको हो । स्वर्ण जयन्ती ५० बर्षमा मनाउने गरिन्छ ।

You might also like