महायज्ञको आय ब्यय सार्वजनिक
प्रतापपुर – पश्चिम नवलपरासी प्रतापपुर गाउपालिका १ र ३ मा रहेको बाउन्नगढी कालिका मन्दिरमा गत मंसिर २७ गते देखि पुस ७ गते सम्म संचालित श्री श्री १००८ सप्तचण्डी महायज्ञको आय ब्यय सार्वजनिक गरिएको छ । मुल आयोजक समितिले एक कार्यक्रमको आयोजना गरी महायज्ञ अवधीभरमा कुल २७ लाख ७६ हजार ३ सय ६९ आम्दानी भएकोमा १२ लाख ८४ हजार ७ सय ८८ रुपैंया खर्च भई १४ लाख ९१ हजार ५ सय ८१ रुपैया बचत गर्न सफल भएको बताईएको छ । कार्यक्रम मुल आयोज समितिका अध्यक्ष नरसिंह बहादुर चौधरीको अध्यक्षता र प्रतापपुर गाउपालिकाका अध्यक्ष राजकुमार शर्माको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रुपमा रहनुभएका शर्माले समितिले पारदर्शी रुपमा आय ब्याय सार्वजनिक गरेकोमा धन्यबाद ब्यक्त गर्नुभएको थियो । शर्माले बाउन्न गढी लाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागि गाउपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो । कार्यक्रमा विभिन्न संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, सरोकारवालाको रोहवरमा आय ब्याय सार्वजनिक गरिएको उमेश यादवले बताउनुभएको छ । महायज्ञबाट भएको आम्दानीले मन्दिर परिसरमा आबश्यक विभिन्न भौतिक संरचना निर्माण गर्ने र कालिका मन्दिरको संरक्षण र प्रवद्र्धनका लागि खर्च गरिने बताईएको छ । कार्यक्रमको संचालन मोहन चौधरीले गर्नुभएको थियो ।