क्रान्तिकारी किसानले दलाल भुमि ब्यवस्थाको बिरुद्ध संर्घष गर्ने

0

बुटवल १६ माघ – नेकपा ( क्रान्तिकारी माओवादी ) निकट अखिल नेपाल किसान संघ ( क्रान्तिकारी ) प्रदेश नम्बर ५ ले दलाल भुमि ब्यवस्थाको बिरुद्ध संर्घष गर्ने भएको छ । दांगको सिसहनियामा भएको बैठकले दलाल ब्यवस्थामा कारण किसानहरुले आफ्ना उत्पादनको मुल्य नपाएको बताउदै संर्घष उठान गर्ने निर्णय भएको संयोजक खडक मल्लले बताउनुभयो । बैठकले राष्टियता जनतन्त्र र जनजिविकाको पक्षमा किसान आन्दोलन उठाउने र संर्घष संगै संगठनलाई अघि बढाउने निर्णय भएको केन्द्रीय सदस्य छबिलाल खरेलले बताउनुभयो । बैठक प्रदेश संयोजक खडक मल्लको अध्यक्षता क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य जिवराजको आतिथ्यतामा भएको जनाइएको छ ।

You might also like