तेस्रो कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलाको तयारी तीव्र

0

बर्दघाट – बर्दघाट उद्योग वाणिज्य संघ नवलपरासीको आयोजनामा यहि कार्तिक ३० गते देखी मंसिर ११ गते सम्म सञ्चालन हुने तेस्रो कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला २०७५ को तयारी तीव्र रुपमा भईरहेको छ । जिल्लालाई पर्यटकिय जिल्लाको रुपमा परिचित गराउने उद्धेश्यका साथ यस क्षेत्रको धार्मीक ऐतिहासिक सांस्कृतिक पर्यटकिय र जैविक विविधता को संरक्षण तथा प्रचार प्रसार गरि समग्र आर्थिक तथा समाजिक क्षेत्रको बिकास गराउन राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार सम्म औधोगिक लघु उद्यम तथा कृषि जन्य उत्पादनको बजार बिस्तार गर्न साथै शिक्षा स्वास्थ्य र कृषि क्षृेत्रको प्रवद्र्धन एवं सुचना तथा विज्ञान प्रविधिको व्यापक प्रचार प्रसारमा टेवा पुर्याउने उद्धेश्यका साथ सञ्चालन हुने मेलाको यतिबेला मेला लाग्ने स्थल बर्दघाट २ चिसापानी नजीकैको मैदानमा बाल उद्यान तारबार निर्माण तथा आर्कषक गेटको निर्माण गर्ने तयारी चलिरहेको छ । गत सालका मेलाहरुमा भन्दा यसपटकको मेलामा बाल उद्यानका धेरै सामाग्री तथा नयाँ किसिमका पिङ एवम झुलाहरु कृषिका समेत नयाँ किसमिका स्टलहरु राखिने बर्दघाट उद्योग वाणिज्य संघ का अध्यक्ष मिनराज शर्माले बताउनुभयो । कला संस्कृति उधोग र व्यापार समृद्ध बर्दघाटको पहिलो आधार भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको मेलाको कार्तीक ३० गतेको समुदघाटन प्रदेश नं. ५ का मुख्य मन्त्री माननीय शकंर पोखरेलज्युको प्रमुख आतिथ्यतामा हुने आयोजकले बताएको छ । यति बेला मेलाको सुचना संचार तथा प्रचार प्रसार कार्य समेत तीव्र रुपमा गरीएको प्रचार प्रसार तथा छपाई व्यवस्थापन उप समितिका संयोजक प्रदिप सुवेदीले जानकारी दिनभयो । मेलाको आर्कषणको रुपमा बहुचर्चीत लोक दोहोरी गायक बद्री पगेंनी , पशुपती शर्मा , टंक बुढाथोकी ,बाल गायक अशोक दर्जी, हेमन्त राना तथा अमेिरकी मुलकी नेपाली गीत गाउने गायिका एन्या स्टीर लगायतका राष्ट्रीय एव्म स्थानिय कलाकारहरु रहेका छन । मेलामा अनुमानित ४ करोड बराबरको कारोवार हुने र मेला सञ्चालन गर्न करिब ५० लाख खर्च हुने र मेलामा करिब २ लाख दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको छ ।

You might also like