तेस्रो बर्दघाट कृषि पर्यटन तथा औद्योगिक ब्यापार मेलाको उदघाटन,मेला महोत्सवले पुजी पलायन गरेको भन्दै मुख्यमन्त्री पोखरेलको चिन्ता

0

 

बर्दघाट कार्तिक ७  तेस्रो बर्दघाट कृषि पर्यटन तथा औद्योगिक ब्यापार मेलाको शुक्रबार उदघाटन भएको छ । बर्दघाट उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय स्तरमा आयोजना हुने मेला महोत्सव पुजी पलायनको माध्यम भएकोमा चिन्ता ब्यक्त गर्नुभएको थियो

उहाँले मेला महोत्सवले स्थानीय स्तरका उत्पादन तथा हरेक क्षेत्रको प्रवद्र्धन गर्नुपर्नेमा ब्यापार गर्ने माध्यम मात्र बनेको बताउनुभयो । मेला महोत्सवमा नागरिकहरुको खल्तीमा भएको पैसालाई बाहिरबाट आएका ब्यापारीहरुलाई बुझाउने काम ज्यादा भएको छ –उहाँले भन्नुभयो – उद्योग बाणिज्य संघ हरु खुद्रा पसलहरुको संगठन मात्र बन्ने गरेको छ । उहाँले ब्यवसायी उद्यमशिल र उत्पादनमुखी हुन नसकेको भन्दै निर्वाहमुखी ढांचाबाट व्यवसायिक ढांचाबाट अगाडि सुझाव दिनुभयो । बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीमा सँचालित मेलामा बाल उद्यान, स्थानिय उत्पादन, विभिन्न घरेलु उत्पादनका प्रदर्शनी गरिएका २ सय १४ स्ट्रल रहेको बर्दघाट उद्योग वाणिज्य संघका महासचिव लेखनाथ न्यौपानेले जानकारी दिनुभयो । उदघाटन सत्रमा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्माले बर्दघाट नगरपालिका कृषि, पर्यटनको प्रचुर सम्भावना रहेको र अव उद्योग कलकारखाना स्थापित गरी समृद्ध नगर बनाउनु पर्नेमा जोड दिनुभयो ।

बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष मिनराज शर्माले जारी मेलाको माध्यमबाट बर्दघाट क्षेत्रमा ब्यवशायिक तथा औद्योगिक विकासमा सहयोग पुग्ने बताउँदै महोत्सवलाई साझा बनाउनु पर्ने बताउनुभयो । कार्यक्रममा पुर्वगृहराज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कण्डेल नेपाली काग्रेसका नगर सभापति शम्भुलाल श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

You might also like