प्रतापपुर गाउपालिकाका अध्यक्ष शर्माको स्मृतिमा श्रद्धाञ्जली

0

नवलपरासी – संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले प्रतापपुर गाउपालिकाका अध्यक्ष स्व.राज कुमार शर्माको सातौँ दिनको पुण्य तिथिमा उहाँकै निवास त्रिबेणीमा पुगी श्रद्धाञ्जली शनिवार अर्पण गर्नुभएको छ ।
सो अवसरमा मन्त्री त्रिपाठीले स्व.शर्माको निधनको खबरले आफु स्तब्ध भएको बताउदै समाजसेवी, बुद्धिजिवी शर्मा प्रतापपुर गाउपालिकाको विकास निर्माणमा सक्रिय रपमा रही स्थानीय सरकार सञ्चालन गरेको स्मरण गर्नुभयो ।

मन्त्री त्रिपाठीले आफ्नो ठाउबाट आफुले निरन्तर सहयोग गरिरहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
सो अवसरमा प्रदेश नम्बर ५ की कृषि तथा सहकारी मन्त्री आरती पौडेल, प्रदेश नम्बर ५ का प्रदेश सासंद दिपेन्द्र कुमार अधिकारी, अजय शाही, नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद, सुस्ता गाउपालिकाका अध्यक्ष राम प्रसाद पाण्डे, सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्याल लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै दाउन्ने सुचना तथा सहकारी सस्था लिमिटेड बर्दघाटद्धारा सञ्चालित सामुदायिक रेडियो दाउन्ने १०३ दशमलव ४ मेगाहर्ज बर्दघाट पश्चिम नवलपरासीले शनिबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । गत जेठ ३२ गते बर्दघाटमा सवारी दुर्घटनामा परि निधन भएको प्रतापपुर गाउपालिकाका अध्यक्ष स्वर्गिय राज कुमार शर्माको सातौँ दिनको पुण्य तिथिको अवसर पारि उहाँँकै निवास त्रिबेणीमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । शर्मा प्रतापपुर गाउपालिकाबाट नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै निर्वाचनमा प्रतापपुर गाउपालिकाको अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । ५४ बर्षिय शर्माका श्रीमति, एक छोरा र दुई छोरी रहेका छन् ।

You might also like