जन्मोत्सवको अवसरमा शैक्षिक सामाग्री बितरण
नवलपरासी – जन्मोत्सवको अवसर पारेर पत्रकार प्रकाश न्यौपानेले श्रम बिद्यालयका ३२ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरेका छन् । शनिबार प्रतापपुर गाउपालिका वडा नम्बर १ भिट्ठामा रहेको श्रम बिद्यालयका बिद्यार्थीहरुलाई सामाग्री बितरण गरिएको थियो । नेपाल प्रेस युनियन नवलपरासीका जिल्ला सचिब रहेका न्यौपानेले अति बिपन्न श्रमिक मजदुरहरुका छोराछोरीहरुलाई सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्दै सबै बिद्यार्थीको उज्वल भविष्यको कामना समेत गर्नुभएको थियो । जापान ईन्टरनेशनल लेवर एशोशिएशन र जापान टिचर्स युनियनको सहयोगमा संचालित सो बिद्यालयमा ४० जना बिद्यार्थीहरुले अध्ययन गर्दै आईरहेको बिद्यालयकी शिक्षिका मिना चौधरीले बताउनुभयो । शैक्षिक समाग्री बितरण कार्यक्रममा प्रेस युनियनका कार्य समिति सदस्य मुक्ति तिवारी, डिक बहादुर पाण्डे र विद्यालयका शिक्षिकाहरु सहित विद्यार्थी बिशाखा तिवारीको समेत उपस्थिति रहेको थियो ।