पत्रकारको धर्ना

0

परासी ५ बैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अनुसार पश्चिम नवलपरासीका पत्रकारले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्न माग गर्दै पश्चिम नवलपरासीका पत्रकार धर्ना बसेका हुन ।

महासंघ पश्चिम नवलपरासी शाखाको नेतृत्वमा जिल्लाको सदरमुकाम परासीको बुद्धचोकदेखि निकालिएको विरोध ¥याली जिल्ला प्रशासन कार्यालय पुगेर विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्न र पक्राउ परेको पत्रकार अर्जुन गिरीलाई रिहाईको माग गर्दै धर्ना भएको थियो । धर्ना कार्यक्रममा नेपाल सरकारले प्रेस स्वतन्त्रता माथि अंकुश लगाउन ल्याइएको ऐन संशोधन गर्न र विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेजको माग गरिएको थियो ।

You might also like