विचार तथा अभिब्यक्ति स्वतन्त्रता विरुद्धको दुई वटा गिरफ्तारी !
विगतलाई फर्केर हेर्दा
घटना–१
बुटवल – बि.स. २०७५ सालको बैशाख २८ र २९ बैशाखमा देशैभर विरोध प्रदर्शन थियो । पूर्व घोषित कार्यक्रम अनुसार नेकपा(क्रान्तिकारी माओवादी) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, अरुण तेस्रोको शिलान्यास, कोशी, गण्डकी, महाकाली, माथिल्लो कर्णाली लगायत असमान सन्धिसम्झौताको कार्यान्वयन, सीमा अतिक्रमणलगायतको विरोधमा हालै सम्पन्न पार्टीको स्थायी समितिको बैठकले २९ वैशाखमा मोदी भ्रमणको देशैभर विरोध गर्ने कार्यक्रमको घोषणा गरेको थियो । सोही कार्यक्रम अन्तरगत नै रुपन्देहीको बुटवलस्थित भुड्कीचोकमा गरिएको विरोधसभा सकिनै लाग्दा प्रहरीले पार्टीका पिबीएम केवी गुरुङसहित ३ जनालाई गिरफ्तार ग¥यो । यहाँको विरोध कार्यक्रमको समाचार संकलन गर्न गएका क्रान्तिकारी पत्रकार महासंघ आबद्ध पत्रकार रवि पाण्डेयलाई पनि पत्रकारको परिचय पत्र देखाउदाँ देखाउदै गिरफ्तार गरिएको थियो ।
सो गिरफ्तारीमा नवलपरासीको सुनवल निवासी प्रेम रिमाललाई पनि प्रहरीले गाडीमा राखेर इलाका प्रहरी कार्यालयमा लगेर हिरासतमा राख्यो । घटनामा पत्रकार टेक बहादुर मास्की लगायत सहभागीहरुले गिरफ्तारीको बिरुद्ध नारावाजी सहित लठ्ठी खोसाखोस गर्दै प्रतिकार गर्नुभएको थियो । मोदी दिल्ली उड्ने बितिकै साँझ मानव अधिकारवादी र पत्रकारहरुको रोहवरमा उनीहरुलाई रिहाई गरिएको थियो । रिहाई हुनु अघि गिरफ्तारी दिएका नेताहरुले गिरफ्तारीको कारण माग गर्दै प्रहरीसंग निकै समय प्रतिवाद समेत गर्नुभएको थियो । विरोध जुलुस र सभामाथि हस्तक्षेप र नेता कार्यकर्ताहरूको गिरफ्तारीको विरोधमा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले एक वक्तव्य जारी गर्दै प्रहरी हस्तक्षेप हस्तक्षेप र गिरफ्तारीलाई एकातिर भारतीय विस्तारवादद्वारा नेपालको राष्ट्रिय स्वाधीनतामाथि गरिंदै आएको हस्तक्षेपको अत्यन्तै भद्दा नमूना भएको र अर्कोतिर आफूलाई देशभक्त, वाम तथा कम्युनिस्ट भनाउने ओली सरकारको निकृष्ट दलाली तथा राष्ट्रिय आत्मसमर्पणवादको निर्लज्ज उदाहरण भएको जनाउनु भएको थियो ।
घटना–२
नवलपरासी- बि.स.२०७९ को स्थानीय निर्वाचन तात्कालीन नेकपा (क्रान्तिकारी माओवादी)ले बहिष्कारको घोषणा गरेको थियो । बैशाख १० गते शनिवारको दिन थियो । क्रममा पार्टी स्थायी समिति सदस्य राम सिंं श्रीस नेतृत्वको बहिस्कार टोली देवदह हुदै नवलपरासीको ज्यामिरे आइपुगेको थियो । ज्यामिरेमा बहिस्कारको पर्चा बाढ्ने क्रममा नै प्रहरीले अवरोध गरेपछि कमरेडहरुको विचार तथा अभिब्यक्ति स्वतन्त्रताको बिषय उठाएर प्रहरी संग प्रतिवाद गर्नुभएको थियो । तरगौली हुदै अस्नैया पुग्दाँ सम्म प्रहरीले सबै स्थानका आफूलाई अर्लट गराउदै गएको रहेछ । अस्नैयाका स्थानीय साथीहरुको सहयोगमा एउटा राम्रै प्रकारको कोण सभा पनि गरिएको थियो । त्यहाँ बाट अभियान टोलीमा साथी थपिएपछि टोली सुनवल चोकमा आइपुगेको थियो । अस्नैयाबाट बहिस्कार कार्यक्रम बिथोल्न प्रहरी पछि लागेको देखिथ्यो । सुनवल बजारको चोकमा कोणसभाको तयारी गर्दै गर्दा ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक बिष्णु प्रसाद पौडेलको टोलीले पार्टीका स्थायी समिति सदस्य रामसिं श्रीस सहित १० जनालाई इलाका प्रहरी कार्यालय सुनवलले पक्राउ गरेको हो ।
सुनवल चोकमा कोण सभामा बोल्दा बोल्दै पार्टी पिबिएम धनेश्वर पोख्रेल ; क्रान्तिकारी पत्रकार महासङ्घ महासचिव रवि पाण्डेय पार्टीका जिल्ला सचिवालय सदस्य रामचन्द्र पोखरेल; जिल्ला सदस्य हरु कमल तमु ; रवि पुन ; गुणनिधि पोख्रेल; मोहनलाल शर्मा सुनवल नगर सदस्य ऋषिराम बिक र नेवा मुक्ती मोर्चाका जिल्ला संयोजक चन्द्रमान मानन्धर र गाडी चालक एकजनालाई दिनभर प्रहरीले गिरफ्तारीमा राख्यो । गिरफतार कमरेडहरुले प्रहरीले विचार राख्न पाउने अधिकार माथि हस्तक्षेप गरेको भन्दै प्रहरी कार्यालयमा पनि प्रतिवाद गर्नुभयो ।
गिरफ्तारीको सो पार्टीको लुम्बिनी प्रदेश समिति क्रान्तिकारी पत्ररकार महासङ्गघले बिरोध जनाएका थिए । अबेर साँझ तत्कालीन नेकपा(मसाल)का नेता कृष्णराज पौडेल र वर्तमान प्रदेश सभा सदस्य खड्क बस्नेत समेत टोलीलाई रिहाई गर्न आइपुग्नुभएको थियो ।
(यो जानकारी वेवसाइडबाट खोजेर रवि पाण्डेयले प्रस्तुत गर्नुभएको हो ।सं)