शहिद परिवारको धान रोपाई गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नवलपरासी

0

नवलपरासी -क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले जनश्रम अन्तरगत शहिद परिवारको धान रोपाई गर्ने तयारी गरेको छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयका अनुसार जिल्ला पार्टीको पाँचौ पुर्ण बैठकले भष्ट्राचार बिरोधी अभियानकै बीचमा धान रोपाई समेत गर्ने निर्णय गरेको थियो ।
“कम्युनिष्टहरु श्रमबाट कटेको ब्यापक जनगुनासो छ,हामी सच्चा क्रान्तिकारीहरु श्रमबाट कटनु राम्रो बिषय होइन ” – युवा नेता पाण्डेयले भने–”उत्पादनका कामहरुको दिर्घकालीन योजना बनाएका छौ , तत्काल शहिद परिवारको धान रोपाईं गरेर श्रममा जोडिदैंछौ ।”
उनले असार १६ गते बर्दघाट–१० अल्हावलस्थित जनयुद्धका शहिद खोरबहादुर चौधरीको जिवनसंगनी बिद्या चौधरीको खेतमा धान रोपाई गर्ने योजना रहेको बताए । “करिब १५ देखि २० जनाले श्रम गर्ने योजना छ”–उनले भने– “जनश्रम पनि आन्दोलनको एक हिस्सा हो । जसले उत्पादनलाई मद्धत गर्छ ।”
पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाको अभिभावकत्व र नेतृत्वमा कार्यक्रम हुने पार्टीले जनाएको छ । थापा आफै पनि शहिद परिवार रहेका छन् । उनका सहोदर भाई सुर्यबिक्रम थापा सलीम जनयुद्धका शहिद भएका थिए ।

You might also like