क्रान्तिकारी युवा संघ नेपालको राष्ट्रिय भेलाद्वारा नयाँ केन्द्रीय समिति निर्वाचित
काठमाडौं – क्रान्तिकारी युवा संघ नेपालको राष्ट्रिय भेला असार ७ र ८ गते ललितपुरको कुपन्डोलमा सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा भेला भएको हो । राष्ट्रिय भेलाले सूर्य तिमिल्सिना संयोजक र दोर्ची शेर्पा सहसंयोजक रहेको ३९ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक कमिटी निर्वाचित गरेको संघले जनाएको छ । राष्ट्रिय सम्मेलन आयोजक समितिको पहिलो बैठक जेष्ठ सदस्य राजेन्द्र न्यौपानेको अध्यक्षतामा बसेको थियो । बैठकले सूर्य तिमल्सिना, दोर्ची शेर्पा, असल वाइवा, संगिन भिउ थापा रहेको पाँच सदस्सीय सचिवालयको पनि गठन गरेको छ । राष्ट्रिय भेलाद्वारा नवनिर्वाचित सम्मेलन आयोजक समितिलाई पार्टीका कार्यवाहक महासचिव गौरव र स्थायी समिति सदस्य रामसिंह श्रीसले प्रशिक्षणात्मक मन्तव्यसहित बधाई दिनुभयो ।