कपिलबस्तुको तौलिहवामा भ्रष्टाचार विरोधीको अभियान आरम्भ
जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र
कपिलबस्तु – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति कपिलबस्तुले भ्रष्टाचार विरुद्धको अभियानको आरम्भ गरेको छ । तौलिहवाको प्रशासनचोकमा कोणसभा र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएर अभियान शुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङलाई पार्टीले बिभिन्न माग सहितको ज्ञापनपत्र बुझाएको जिल्ला सचिव हिमलाल वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार तौलिहवास्थित जिल्ला प्रशासन चोकमा आयोजित कोणसभमा बैकल्पिक पोलिटब्युरो सदस्य तथा जिल्ला ईन्चार्ज दीपक पौडेलले सम्बोधन गर्नुभएको थियो ।![]()
![]()



